Connect with us
Kapilvast Forest

इटालियन सिरी ए : बराबरीमा रोकियो युभेन्ट्स

२०७८, ७ भाद्र सोमबारमा प्रकाशित

 

काठमाडौँ- इटालियन सिरी ए फुटबलमा युभेन्ट्स बराबरीमा रोकिएको छ ।आइतबार राति भएको सिजनको पहिलो खेलमा युभेन्ट्स युडिनेजीसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

युडिनेजीको मैदानमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले अंक बाड्न बाध्य भयो ।२३ मिनेटभित्र २ गोलको अग्रता लिएको युभेन्ट्सले त्यसलाई जोगाउन सकेन । खेलको तेस्रो मिनेटमा पाउल डिबलाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । २३औँ मिनेटमा जुवान कोर्डाडोले गोल गर्दै युभेन्ट्सलाई २-० को अग्रता दिलाए ।

५१औँ मिनेटमा रोबर्टो पेरिय्राले गोल गर्दै युडिनेजीलाई २-१ को स्थितिमा ल्याए । ८३औँ मिनेटमा जेरार्ड डेउलोफेउले गोल गर्दै खेल २-२ को स्थितिमा ल्याएर युडिनेजीलाई हारबाट जोगाए ।यस्तै खेलको इन्जुरी समयमा क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि गोलको मान्यता नपाउदा युभेन्ट्स जित निकाल्न बन्चित भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu