नेपालको साथ छोडेका नेताहरू एमालेमै रहने
काठमाडौं – नेकपा एमालेले मंगलबारका लागि स्थायी कमिटीको बैठक बोलाएको छ। मंगलबार भोलिका लागि बोलाइएको बैठकमा माधवकुमार नेपाल समूहसँग गएका नेताहरु पनि सहभागी हुने प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो ।
भोलि ११ बजे बैठक बस्ने उनले जानकारी दिए। आजको छलफलपछि पार्टीभित्र देखिएको समस्या समाधान हुने उनले दाबी गरे। एमालेले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाउनको लागि बैठक बोलाएको उहाँले बताउनुभयो । माधव नेपालले नयाँ पार्टी दर्ता गरिसकेकाले फर्किने सम्भावना नरहेको पनि उहाँको भनाइ छ।
नेता नेपालले एमाले विभाजन गरेर नेकपा ( एकीकृत समाजवादी) पार्टी दर्ता गर्दा असहयोग गरेका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेलगायतका नेताहरू अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको थियो । कार्यदलले तय गरेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने सहमति भएको पनि उहाँले जानकारी दिनुभयो ।
ओलीले सहमति कार्यान्वयन नगरे ठूलो विद्रोह हुने नेताहरूले चेतावनी दिनुभएको छ । नेता नेपालको पार्टीलाई आधिकारिकता दिन बुधबार निर्वाचन आयोगले सनाखत गर्न बोलाएको छ। तर, नेता नेपाल पक्ष छाडेका नेताहरूको प्रस्तावलाई मूर्तरूप दिन ओली अनिच्छुक देखिनुभएको छ ।