Connect with us
Kapilvast Forest

नेकपा ( एकीकृत समाजवादी ) काे मान्यतासँगै नेता नेपालको नयाँ राजनीतिक यात्रा

२०७८, १० भाद्र बिहीबारमा प्रकाशित

 

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) आन्तरिक विवाद र नेतृत्वबीचकाे टकराव र आपसी आरोपप्रत्यारोप पछि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नुभएपछि अन्ततः नेकपा एमाले वैधानिकरुपले विभाजनको बाटोमा गयो । आज निर्वाचन अयोगले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई मान्यता दिएसँगै मावधकुमार नेपालको नेकपा एमालेसँगको दशकाैं लामो आवद्धता टुटेको छ ।

१५ वर्ष एमाले महासचिव जिम्मेवारी सम्हाल्नुभएका पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का वरिष्ठ नेता समेत रहनु माधवकमार नेपालको नेतृत्वमा नयाँ दलले मान्यता पएसँगैै एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीचको ३३ वर्षे लामो सहकार्य टुटेकाे छ । विगतमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको सम्बन्ध सौहाद्रपूर्ण थियो । पछिल्लो केही समयदेखि दुवैको राजनीतिक सहयात्रा तिक्ततापूर्ण रहँदैआएको छ । ऋषि कट्टेलले नेकपाविरुद्ध दर्ता गर्नुभएको रिटमाथि सर्वोच्च अदालतले गत फागुन २३ मा परमादेश जारी गरेपछि ओली र नेपालबीच झन दूरी बढ्यो । अध्यक्ष ओली नेतृत्वको एमाले र माओवादी केन्द्रलाई पुरानो साविककै दलमा पुनस्र्थापित गरिदियो ।

पूर्वप्रधानमन्त्री ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपाका विषयमा सर्वोच्चको आदेशले माओवादी केन्द्र र एमालेलाई पुरानै अवस्थामा मात्र फर्काएन, सँगै नयाँ तिक्तताको पहाड नै खडा गरिदियो । २०७५ जेठ ३ गते भएको एमाले र माओवादी केन्द्रको एकतालाई सर्वोच्चले खारेज गरिदिए पछि सिधा असर एमालेमा प-यो ।
२०४९ सालमा महासचिव हुनु भएका नेपालले डेढ दशक एमाले पार्टीलाई हाँक्नुभएको थियो । १३ वर्षको उमेरदेखि नै राजनीतिमा लागेका बताउनु हुने नेता नेपाल सम्भवतः अहिले आफ्नो राजनीतिक जीवनको सबैभन्दा कठिन मोड आइपुग्नुभएको थियो तर त्यसबीचमा पनि उहाँले नयाँ शिराबाट बामपन्थी एकतामा लाग्ने प्रतिवद्धता जनाइ सक्नु भएको छ ।

सर्वोच्चको आदेशपछि पनि संसदीय दल र केन्द्रीय कमिटीमा बहुमत नहुँदा समेत वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेता नेपाल समूहले पार्टीभित्रै रहेर आन्तरिक संघर्ष गर्नुभयो । पार्टी भित्रको आन्तरिक विवाद र समस्या समाधानका लागि बल गरिरहनुभयो । तर अध्यक्ष ओलीले पेलेरै अगाडि बढ्ने नीति अख्तियार गर्नुभएपछि खनाल–नेपाल बाध्य भएर नयाँ बाटो तय गर्नुपरेको प्रतिक्रिया दिन थाल्नुभएको थियाे ।

नेता नेपाल २०४६ सालमा संयुक्त वाम मोर्चाको सदस्य हुनुहुन्थ्यो । २०४७ सालमा नेकपा एमालेको केन्द्रीय संगठन समितिका पोलिटब्यूरो सदस्य रहनुभएका नेता नेपालको अबको यात्रा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट अगाडि बढ्ने छ ।

आगामी निर्वाचन अघि वृहत कम्युनिष्ट केन्द्र गठन गरेर राजनीतिक संघर्ष अगाडि बढाउने सोच बनाएका नेताहरुको राजनीतिक सफलता असफलतालाई त आगामी दिनले पुष्टि गर्दैजाला । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पनि कम्युनिष्टबीच एकता गर्ने र वृहत कम्युनिष्ट केन्द्र निर्माण गर्ने अभियान शुरु गर्ने निर्णय गरिसकेको छ । यो निर्णयले पनि कम्युनिष्ट पार्टीहरुबीचको एकता र सहकार्यलाई नै संकेत गरेको मान्न सकिन्छ । तीन दलबीच एकता गराउन सकेमा नेता नेपालको राजनीतिक भविष्य बलियो हुने देखिन्छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu