पानीजहाज कम्पनी खोल्न आवश्यक छैन : माधव नेपाल
काठमाडौं-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले पानी जहाज कम्पनी खोल्न आवश्यक नभएको बताउनुभउको छ ।
नयाँ दलले मान्यता पाएपछि बिहीबार आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले विकास निर्माणबारे पार्टीको अवधारणा सार्वजनिक गर्नु भएको छ । ‘पानी जहाज कम्पनी खोल्न आवश्यक छैन, मेची महाकाली रेल कुदाउने अवस्था पनि छैन,’ उहाँले भन्नुभयो , ‘सडक सञ्जाल विस्तारमा जोड दिन्छौं ।’हावादारी योजना आफूहरुको प्राथमिकतामा नपर्ने उहाँले बताउनुभयो ।