Connect with us
Kapilvast Forest

नवलपरासीमा बाढीले डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग बन्द

२०७८, ११ भाद्र शुक्रबारमा प्रकाशित

नवलपरासी – अविरल वर्षापछि आएकाे बाढीले नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुर-२३ स्मृति नजिक डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग बन्द भएकाे छ ।

नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन गएराति बाढीले बगाएपछि राजमार्ग पूर्ण रुपमा बन्द भएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी मधुसुदन सिंहले जानकारी दिनुभयाे ।

निरन्तर पानी परिरहेको र डाइभर्सनमा पूर्ण रुपमा क्षति पुगेकाले तत्काल मर्मत गरेर सञ्चालन गर्न कठिन रहेको सिंहले बताउनुभयो ।

यस्तै गैँडाकोट थुम्सी, भेडाबारी लगायतका ठाउँमा रहेका डाइभर्सनबाट समेत गाडी सञ्चालनमा कठिनाइ भएकाे छ । बाढीका कारण अन्य डाइभर्सनबाट समेत ‘ओभर फ्लो’ भएकाले गाडी आवतजावत बन्द भएकाे हाे ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेकाे ठाउँ-ठाउँमा पहिराे गएकाे सिंहले बताउनु भयाे । प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरेको भए पनि पहिरो तत्काल हटाउने अवस्था नरहेको उहाँले बताउनु भयाे ।

यस्तै नवलपुरका विभिन्न ठाउँ डुबानमा परेका छन् । वर्षाका कारण हुप्सेकोट-४ मा एउटा घरमा पहिरोका कारण क्षति भएको छ । तीन जना सामान्य घाइते भएका उहाँले जानकारी दिनुभयाे।

अविरल वर्षका कारण कावासोती, गैँडाकोट, देवचुली, मध्यबिन्दु, विनयी त्रिवेणी, हुप्सेकोटका विभिन्न ठाउँ डुबानमा परेका छन् । बाढी ,पहिरो र डुबानका कारण भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको सिंहले जानकारी दिनुभयाे।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu