Connect with us
Kapilvast Forest

इन्टर मिलानको शानदार जित

२०७८, १२ भाद्र शनिबारमा प्रकाशित

 

काठमाडौँ- इन्टर मिलानले सिरि ए फुटबलमा शानदार जित हात पारेको छ ।शुक्रबार राति इन्टर मिलानले भिरोनालाई ३–१ गोलले पराजित गरेको खेलमा जोक्विन कोरिया डेब्यु खेलमै दुई गोल गरे ।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले ८३औँ मिनेट र इन्ज्युरी समयमा गोल गर्दै इन्टरलाई जित दिलाए । अर्को गोल लौटारो मार्टिनेजको नाममा रह्यो ।

घरेलु टोली भिरोनाले १५औँ मिनेटमा इभान इलिकको गोलबाट अग्रता लिए पनि त्यसलाई अन्तिमसम्म कायम राख्न नसक्दा पराजित भयो ।

जितसँगै साविक विजेता इन्टर दुई खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu