‘पार्टी पुटेको होइन, केही मान्छे पतित भएका हुन् :अध्यक्ष ओली
काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले विभाजन नभएको बताउनुभउको छ । अहिलेको अवस्थामा पार्टी फुटेको भनेर भन्न नमिल्ने भन्दै उहाँले नुहाउँदा टाउकोबाट एक–दुईवटा कपाल खसेका हुन भन्नुभयो । उहाँले पार्टी विभाजनमा जानेहरुलाई कुलंघारको संज्ञा पनि दिनुभयो ।
उहाँले भन्नुभयो , ‘पार्टी पुटेको होइन, केही मान्छे पतित भएका हुन् । अलिकति चोइटिएको भन्न सकिएला । फुट्याभए यस्तो हुन्थ्यो रु नुहाउँदाखेरि एक–दुईवटा कपाल झर्छ । जति दामी र ब्रान्डेड साबुन लगाए पनि कपाल त झर्छ नै । तर एक–दुईवटा कपाल झर्दैमा कपाल मुडुलो हुँदैन ।’