रेडियो समानतामा पुनः खरालको नेतृत्व
कपिलवस्तु -दिव्य ज्योति नेपाल द्धारा संचालित सामुदायिक रेडियो समानताको १३ औ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः राजु खरालकै नेतृत्वमा समिति चयन गरेको छ । जसको उपाध्यक्षमा विशाल कुमार गुप्ता,सह सचिवमा मुकुन्द पाण्डे,कोषाध्यक्षमा दिपक गैरे सदस्यहरुमा कृष्ण भण्डारी,राकेश पाण्डे,तिला बराल,विष्णु पुरी,लक्ष्मी पाण्डे र काशिराम चौधरी निर्विरोध चयन हुनुभएको छ ।त्यस्तै लेखा समितिका संयोजकमा नारायण प्रसाद ज्ञावाली,सदस्यहरुमा अनिल सिह चौधरी र रामकृष्ण शर्मालाई चयन गरिएको छ ।
सचिव पदमा भने दुई जनाको उम्मेदवारी परेकोले निर्वाचनको मिति पछि सार्वजनिक गरिने निर्वाचन समितिका संयोजक विष्णु पोख्रेलले बताउनुभयो । शनिवार व्यापार संघको सभाहलमा भएको कार्यक्रमा रेडियोको वार्षिक प्रतिवेदन अध्यक्ष राजु खरालले प्रस्तुत गर्नुभएको थियो । संस्थाले अहिले समुदायिक रेडियो संचालन गरेको र नागरिकहरुलाई सहि सत्य सुचना प्रवाह गर्दै आएको खरालले बताउनुभयो ।
साधारण सभाले लामो समय देखि भाडामा बस्दै आएकोले रेडियोले आफ्नै भवन निर्माणको लागि पहल गर्ने,टिभि संचालनको पकृया अगाडि बढाउने,विधान संसोधन लगाएतका प्रस्तावहरु समेत पारित गरेको छ ।
आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष दिपक गैरेले रेडियो बिज्ञापनकै भरमा संचालन भइरहेकोले संस्थाका सदस्यहरुले सहयोग गर्नुपर्ने बताउनुभयो । सहि सत्य सुचना प्रवाह गरि नागरिकहरुको लोकप्रिय बनेको रेडियोले आगामि दिन अझै प्रगति गर्ने गैरेले बताउनुभयो । मधुसुधन कोईरलाको स्वागत मन्तव्य , राम प्रसाद बन्जाडेको संचालन सम्पन्न कार्यक्रममा संस्थामा अवद्ध रहेको सदस्यहरुको सहभागिता रहेको थियो ।