सामुहिक दर खाने कार्यक्रम संपन्न
कपिलवस्तु –कपिलवस्तु नगरपालिका वडा नम्बर ३ महिता स्थित प्रगतिशील आमा समुहले हरितालिका तीजका अवसरमा सामुहिक दर खाने कार्यक्रम संपन्न गरेको छ । कार्यक्रममा महिलाहरुले नाचगान गर्नुका साथै सामुहिक दर समेत खाएका थिए ।
कार्यक्रममा सहभागी प्रदेश सदस्य रिना नेपाल समेत महिलाहरुसंग नाचगान दर समेत खानु भएको थियो । सो अवसरमा पुर्वमन्त्री तथा कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले तीजका अवसरमा शुभकानमना दिदै महिलाहरु आफनो अधिकारकालागि एकजुट हुनु पर्ने बताउनु भयो । उनले महिलालाई अवसर अधिकार दिनु पर्ने बताउनु भयो ।
समुहकी अध्यक्ष सिता सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सदस्य नेपाल वडाध्यक्ष प्रकाश गैरे, लुम्बिनी विकास कोषका सदस्य राजशे ज्ञवाली, युवा नेता गोपीकृष्ण शर्मा लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो ।