Connect with us
Kapilvast Forest

विजयनगरमा सामुहिक दर खाने कार्यक्रम संपन्न

२०७८, १२ भाद्र शनिबारमा प्रकाशित

 

न्युज सेन्टर नेपाल, कपिलवस्तु –कपिलवस्तुको विजय नगर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरुको आयोजनामा हरितालिका तीजका अवसरमा सामुहिक दर खाने कार्यक्रम संपन्न गरेको छ । कार्यक्रममा महिलाहरुले नाचगान गर्नुका साथै सामुहिक दर समेत खाएका थिए ।

कार्यक्रममा सहभागी विजय नगर गाएपालिकाका अध्यक्ष गोपाल वहादुर थापाले तीजका अवसरमा शुभकानमना दिदै महिलाहरु आफनो अधिकारकालागि एकजुट हुनु पर्ने बताउनु भयो । उहाँले महिलालाई अवसर अधिकार दिनु पर्ने बताउनु भयो ।

गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा विजयनगर गाँउपाकिा स्वास्थ्य शाखा प्रमुख  यज्ञ प्रसाद अधिकारी ,स्वास्थ्य कर्मी लगायतको सहभागितमा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj