भरतमणि पौडेल सिधै ‘कमेडी च्याम्पियन २’ को फाइनलमा प्रवेश
काठमाडौँ -ताप्लेजुङका कमेडियन भरतमणि पौडेल कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ को सिधै फाइनलमा प्रवेश गर्नु भएको छ । शनिबार राती उहाँले गरेको प्रस्तुतिसंगै जजहरुको निर्णयले परफोमर अफ द राउण्ड भएसंगै उहाँ सिधै फाइनलमा प्रवेश गर्नु भएको हो ।सनिवार उहाँले पूर्व युवराज पारस शाहको गेटअपमा गरेको प्रस्तुतिको भिडियो सामाजिक संजाल टिकटकमा भाइरल भएको छ भने युट्युबको ट्रेनिङमा पर्न सफल भएको छ ।
शनिबार राती ९ बजेपछि कान्तिपुर टेलिभिजनमा प्रसारण भएको ‘कमेडी च्याम्पियन’ को नयाँ श्रृखंलामा उनी पूर्व युवराज शाहको गेट अपमा देखिनु भएको थियो । यसअघि बिहीबार मात्र उक्त शो को नयाँ ट्रेलर सार्वजनिक गरिएको थियो ।
ट्रेलर सार्वजनिक भएपछि भरतमणिको यो लुक्सले चारैतिर चर्चा पाइरहेको छ । ताप्लेजुङका भरतमणि रेडियोमा कार्यक्रम चलाउँदा कलाकार र नेताहरुको क्यारिकेचर गर्दागर्दै हास्यव्यंग्य क्षेत्रमा प्रवेश गर्नु भएको हो ।
कमेडी च्याम्पियन सिजन–२ मा पूर्वमन्त्री गोकुल बाँस्कोटादेखि राष्ट्रिय सभा सांसद रामनारायण बिडारी मात्र होइन, पूर्वयुवराज पारस र पूर्वराजा ज्ञानेन्द्र शाहसम्मको क्यारिकेचर गरेर दर्शकको मन जित्नु भएको छ ।
पौडेल सिधै फाइनलमा प्रवेश गर्नु भयो भने अन्य ३ जना बिक्की अग्रवाल, सन्तोष थापा, हिक्मत महरामध्ये एक जना पनि फाइनलमा प्रवेश गर्नुहुने छ । प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिंदै पौडेलले दर्शक तथा निर्णायक मन जित्न सफल उहाँलाई उपाधिका दावेदारको रुपमा समेत मानिनुहुन्छ ।