Connect with us
Kapilvast Forest

राष्ट्रिय युवा संघ शिवराजको बृहत भेला सम्पन्न

२०७८, १३ भाद्र आईतवारमा प्रकाशित

न्युज सेन्टर नेपाल ,कपिलवस्तु-राष्ट्रिय युवा संघ शिवराजको बृहत भेला सम्पन्न भएको छ । नगर तथा जिल्लाका सयौं युवाहरुको उत्साहजनक उपस्थितिमा भेला आयोजना गरेको हो । भेलालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय कमिटीका सचिव तुल बहादुर अधिकारीले पार्टि मजबुद बनाउन संगठननको अहम भुमिका रहने बताउनु भयो । एमालेबाट चोइटिएर जाँदैमा एमालेलाई कुनै असर नपर्ने पनि अधिकारीले बताउनुभयो ।


नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष झविलाल पोख्रेलले एमाले आफ्नो कर्म र व्यवहारकै कारण आज मजबुद बन्दै सबैको पृय बनेको बताउनुभयो । कार्यकर्ता तथा आम नागरीकले गर्व गर्ने पार्टि भनेकै एमाले भएकाले कोहि छुटिदैमा कमजोर हुन आवश्यक नभएको बताउनुभयो । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रिय कमिटी सदस्य एवम लुम्विनी प्रदेश सभा सदस्य विष्नु पन्थीले एमालेहरु एकजुट हुनुपर्ने भन्दै पाटि फुटाउनेक काम गलत भएको टिप्पणी गर्नुभयो ।


नेकपा एमाले जिल्ला आयोजक कमिटी सचिवालय सदस्य एवम युवा इन्चार्ज चक्रपाणि अर्यालले पार्टिलाइ मजबुद बनाउ संगठनका हरेक गतिविधहरु निरन्तर गतिशिल रुपमा चलायमान बनाउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमीटी सचिवालय सदस्य बलराम अधिकारी ,नेकपा एमाले जिल्ला आयोजक कमिटी सचिवालय सदस्य नेत्रराज अधिकारी ,लुुम्विनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसी,शिवकुमारी थारु लगाएत नगरका पार्टी र जनवर्गीय संगठनका नेताहरुले सम्बोधन गर्नु भएको थियो । राष्ट्रिय युवा संघ नेपाल शिवराज नगर कमिटीका अध्यक्ष राम चन्द्र केसी को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संजिव यहतराजले गर्नु भएका थियो । भेलाले आजै नया नेतृत्व समेत चयन गर्ने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu