Connect with us
Kapilvast Forest

राष्ट्रिय युवा संघ शिवराजको नेतृत्व हमाललाई ,४५ सदस्य कमिटि गठन

२०७८, १४ भाद्र सोमबारमा प्रकाशित

कपिलवस्तु -राष्ट्रिय युवा संघ शिवराजको बृहत दोस्रो भेला सम्पन्न भएको छ । भेलाले विष्णु हमालको अध्यक्षतमा ४५ सदस्य शिवराज नगर कमिटि गठन गरेको छ । उपाध्यक्षमा एकेन्द्र घर्तीमगर, सहसचिवमा सन्तोषी थारु, कोषाध्यक्षमा सागर के.सि.खत्री र सचिवमा विष्णु भुषाल, विक्रम पौडेल, जगदेव थारु, दिनेश खनाल उमेद्धार भएकोले नगर कमिटिको पहिलो बैठकले निर्वाचन गराउने निर्वान मण्डलका संयोजक तेजेन्द्र पाण्डेले बताउनु भयो ।

भेलालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय कमिटीका सचिव तुल बहादुर अधिकारीले पार्टि मजबुद बनाउन संगठननको अहम भुमिका रहने बताउनु भयो । एमालेबाट चोइटिएर जाँदैमा एमालेलाई कुनै असर नपर्ने पनि अधिकारीले बताउनुभयो । जब जब राष्ट्रीयतामाथी हमला हुन्छ तब तब युवासंघले युथ फोर्स गठन गरेर निस्तेज पारेको छ । अहिले बदलिदो परिवेशमा आई.टि आर्मी गठन गरेर नेपनलीहरुमाथी हुने भ्रमको खेतिलाई निस्तेज पार्नेकामा राष्ट्रिय युवा संघ नेपाल लागिपरेको केन्द्रिय कमिटीका सचिव अधिकारीले बताउनु भयो ।

नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष झविलाल पोख्रेलले एमाले आफ्नो कर्म र व्यवहारकै कारण आज मजबुद बन्दै सबैको पृय बनेको बताउनुभयो । कार्यकर्ता तथा आम नागरीकले गर्व गर्ने पार्टि भनेकै एमाले भएकाले कोहि छुटिदैमा कमजोर हुन आवश्यक नभएको बताउनुभयो । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रिय कमिटी सदस्य एवम लुम्विनी प्रदेश सभा सदस्य विष्नु पन्थीले एमालेहरु एकजुट हुनुपर्ने भन्दै पाटि फुटाउनेक काम गलत भएको टिप्पणी गर्नुभयो ।

नेकपा एमाले जिल्ला आयोजक कमिटी सचिवालय सदस्य एवम युवा इन्चार्ज चक्रपाणि अर्यालले पार्टिलाइ मजबुद बनाउ संगठनका हरेक गतिविधहरु निरन्तर गतिशिल रुपमा चलायमान बनाउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमीटी सचिवालय सदस्य बलराम अधिकारी, लुुम्विनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, नेकपा एमाले जिल्ला आयोजक कमिटी सचिवालय सदस्य तथा शिवराज नगर प्रमुख नेत्रराज अधिकारी, नेकपा एमाले जिल्ला आयोजक कमिटी सदस्य तथा शिवराज नगर उपप्रमुख शिवकुमारी थारु, नेकपा एमाले जिल्ला आयोजक कमिटी सदस्य तथा शिवराज नगर कमिटि अध्यक्ष जगत पौडेल लगाएत नगरका पार्टी र जनवर्गीय संगठनका नेताहरुले सम्बोधन गर्नु भएको थियो । राष्ट्रिय युवा संघ नेपाल शिवराज नगर कमिटीका अध्यक्ष राम चन्द्र केसी को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संजिव गहतराजले गर्नु भएका थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu