Connect with us
Kapilvast Forest

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी ,मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने

२०७८, १४ भाद्र सोमबारमा प्रकाशित

 

काठमाडौं- सत्तारुढ गठबन्धनको दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक बस्दैछ । सोमबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका नेकपा (माओवादी केन्द्र), नेकपा (माओवादी केन्द्र) , जनता समाजवादी पार्टी लगायतका शीर्ष नेताहरुबीच मन्त्रपिरिषद् विस्तारका लागि छलफल भएको थियो ।

यी विविध विषय लगायत समसामयिक राजनीतिक विषयमा छलफलका लागि स्थायी कमिटीको बैठक बस्न लागिएको नेकपा माओवादी केन्द्रका सचेतक देव गुरुङले जानकारी दिनुभएको हो ।

आज बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकमा भने मन्त्रीपरिषद्लाई छिटोभन्दा छिटो पूर्णता दिने विषयमा र सरकारको गतिविधि अगाडि बढाउने विषयमा निर्णय भएपनि व्यक्तिगत कुनै विषयमा निर्णय हुन नसकेको पनि गुरुङले बताउनुभयो । बैठकमा मन्त्रीपरिषद् विस्तार लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu