बागमती प्रदेशका ११ सांसद एमाले छाडेर नेकपा (एस) मा प्रवेश
हेटौंडा- नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका ११ सांसद एमाले त्यागेर माधव नेपालको नेतृत्वमागठित नेकपा (एकीकृत समाजवादी) पार्टीलाई साथ दिने भएका छन् । मंगलबार वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर उहाँहरुले नेकपा (एस) लाई साथ दिने भन्दै दल हस्ताक्षरमामा सनाखत गर्नु भएको थियो ।
एमाले छाडेर नेकपा ९एस०तिर जाने सांसदहरुमा राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर र कुसुमकुमार कार्की रहनुभएको छ ।
उहाँहरुसँगै अझैँ पनि केही सांसदहरु एमाले छाडेर नेकपा (एस) मा आउन लागेको बताइएको छ । अझैँ पनि १० जना सांसद एमाले छाडेर नव गठित पार्टीमा आउन लागेको बताइएको छ ।
माधव नेपाल निकट मानिएकी अष्टलक्ष्मी शाक्य नयाँ पार्टी गठन हुँदा नेपालको साथ छाडेर अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिनुभएको थियो । लगत्तै प्रदेशको मुख्यमन्त्री पनि बन्नुभएको थियो ।बागमती प्रदेशमा बुहमत रहेको एमालेमध्ये नेपाल समूहका सांसदहरुले एमाले छाडेर नयाँ दलमा आएसँगै मुख्मन्त्री शाक्यको पद अल्पमतमा परेको छ ।