एउटै मंचमा मुख्यमन्त्री सहित ७ मन्त्री भोली चन्द्रौटामा आउँदै
कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिक वडा न ५ चन्द्रौटामा भोली वुधबार लुम्विनी प्रदेशका मुुख्यमन्त्री कुल प्रसाद केसी सहित अन्य सात मन्त्री आउनुहुने भएको छ ।
जसपा सांस्कृतिक महासंघको आयोजनामा हुन लागेको स्वागत तथा सम्मान कार्यक्रकमा सारीक हुनको लागि मुुख्यमन्त्री कुल प्रसाद केसी , भौतिक तथा पुर्वाधार विकाश मन्त्री सहसराम यादव, गा्रमिण तथा शहरी विकाश मन्त्री डिल्ली बहादुर चौधरी,आर्थिक तथा मामिला तथा योजना मन्त्री कृष्ण ध्वज खड्का , विना विभागिय मन्त्री,अजय शाहि परमति ढेगा मगर र विना विभागिय मन्त्री शुमन शर्मा रायमाझी चन्द्रौटामा आउन लाग्नुभएको हो ।
भोलि आयोजना गरीएको कार्यक्रम स्वागत सम्मान मात्रै नभएर यस क्षेत्रका समस्याहरुको अबगत गराई सरकार र जनता बिच समन्वय गराउनु का साथै।सांस्कृतिक झलकहरु झल्काउदै संकृतिको दृष्टिगत अवगत गराउन मुख्य उदेश्य रहेको जसपा लुम्विी प्रदेश का अध्यक्ष असोक कुमार यादवले जानकारी गराउनु भयो ।
साथै भोलि नै प्रदेश राजधानीका मुख्य नाका कृष्णनगर नाका र भन्सारको पनि अवलोकन गर्ने कार्यक्रम रहेको अध्यक्ष यादवले बताउनु भयो । लुम्विनीमा भर्खरै मन्त्री पद समाल्नुभएका मन्त्रीहरुलाई स्वागत सम्मान कार्यक्रममा मन्त्रीहरुले समयसामायिक प्ररिस्थीति र राजनिति विषयमा सम्वोधन गर्नुका साथै सांस्कृतिक कार्यक्रम पनि रहेको जसपा नेता रहिस शाहले जानकारी दिनुभयो । जस पा सास्कृतिक संघको आयोजना रहेको कार्यक्रममा अन्य सत्तारुढ दलहरुसँग पनि सहकार्य र समन्यव रहेको उहाँले बताउनु भयो ।