मन्त्री खनालले दिए राजीनामा
मकवानपुर-वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिनुभएको छ । उलेहाँ आज बुधबार विहान पदबाट राजीनामा दिनुु भएको हो । एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन खनाल मन्त्री बन्नुभएको थियो । ‘मैले अर्कै दल रोजेकाले काम गर्न सजिलो होस् भनेर मन्त्री पदबाट राजीनामा गरेको हुँ ।
राजीनामा दिँदै उहाँले भन्नुभयो । खनालले मन्त्री बन्नुअघि नै मुख्यमन्त्री शाक्यलाई आफू माधव नेपाल समूह नछाड्ने जानकारी गराउनुभएको थियो । खनाल नेकपा एकिकृत समाजवादका केन्द्रीय सदस्यसमेत हुनुन्छ ।
मंगलबार उहाँले औपचारिक रुपमा वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा एकिकृत समाजबाद पार्टी रोज्दै सनाखत गर्नु भएको थियो ।