Connect with us
Kapilvast Forest

पोखरामा पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गयाे

२०७८, १७ भाद्र बिहीबारमा प्रकाशित

pahiro

काठमाडौं  – पोखरामा पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् भने एक जना बेपत्ता छन् ।

पोखरा महानगरपालिकाको वडा नम्बर २० भलाममा पहिरोले घर पुरिँदा कृष्णबहादुर श्रेष्ठ र उहाँकी श्रीमती सुनमायाको ज्यान गएको हो । श्रेष्ठका १० वर्षका छोराको भने उद्धार गरिएको छ । उनको मणिपाल अस्पतालमा उपचार भइरहेको छ भने अर्का छोरा पहिरोमा पुरिएर हराइरहेका वडा अध्यक्ष सिम गुरुङले जानकारी दिनुभयो ।

पहिरोमा हराइरहेकाको खोजी भइरहेको उहाँले बताउनुभयो । गएराति पोखराका अन्य धेरै क्षेत्रमा पनि बाढी पहिरोले क्षति पुर्याएको छ । आज पनि पोखरालगायत गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu