अवैध यार्सागुम्बासहित चार जना पक्राउ
काठमाडौँ-काठमाडौँबाट यार्सागुम्बासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय अपराध महाशाखाका अनुसार सामाखुसीबाट गोरखा चुमनुब्री गाउँपालिका घर भएका डुण्डुप गुरुङ, लमजुङ मर्स्याङ्दीका बेलबहादुर थापा, लमजुङ वेशिसहर घर भएका कृष्ण परियार र प्यूठान घर भएका दानबहादुर जिसीलाई पक्राउ गरेको हो ।
प्रहरीले सामाखुसीस्थित डुण्डुप गुरुङको डेरामा अवैध रुपमा लुकाएर राखेको १ केजी ८५० ग्राम यार्सागुम्बा बरामद गरेको छ । सो यार्सागुम्बाको बजार मुल्य करिब ८ लाख पर्छ । यार्सागुम्बा कारोबारीलाई थप अनुसन्धान र कारवाहीलाई लागी डिभिजन बन कार्यालय काठमाडौँमा बुझाइएको छ ।