Connect with us
Kapilvast Forest

चन्द्रौटामा उत्सव टेलरिङ्ग सेन्टर सञ्चालनमा

२०७८, १८ भाद्र शुक्रबारमा प्रकाशित

कपिलवस्तु -कपिलवस्तु शिवराज नगपालिका ५ चन्द्रौटामा उत्सव सटिङ्ग सुटिङ्ग तथा टेलरिङ्ग सेन्टर सञ्चालनमा आएको छ । लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार के सि र शिवराज नगरपालका प्रमुख नेत्रराज अधिकारीले आज संयुक्त रुपमा टेलरिङ्ग सेन्टरको उद्घाटन गर्नु भएको हो ।

उद्घाटन सत्रमा बोल्दै प्रदेश सभा सदस्य अर्जुन कुमार के सिले चन्द्रोटा क्षेत्रमा नायँ र फरक खालको व्यवसाय सन्चालन गरेको बताउदै सेवा ग्राहीहरुलाई सुपथ दर र गुणस्तरिय सेवा दिन आग्रह गर्नुभयो ।

त्यस्तै शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अभिकारीले चन्द्रौटा क्षेत्रमा सिलाई व्यवसायमा थप इँटा थपिएको बताउदै टेलरिङ्ग सेन्टरले ग्राहकहरुको मन जित्दै जानुपर्ने बताए ।

उद्घाटन सत्रमा उपस्थित नेकपा एमाले शिवराज नगर कमिटि अध्यक्ष जगत पौडेल, व्यापार सघं कपिलवस्तुका अध्यक्ष महादेब पोख्रेल, समुदायिक रेडियो भ्वाईसका अध्यक्ष सरद अधिकारी,मानव अधिकार प्रतिष्ठानका विष्णु प्रसाद खतिवडा, सहज नेपालका अध्यक्ष संजिव गहतराज लगायतले व्यवसायिक सफलताको शुभकामना दिनुभएको थियो ।

चन्द्रौटा सन्जिवनि अस्पतालको अगाडि पट्टि सञ्चालनमा ल्याईएको टेलरिङ्ग सेन्टरले यस क्षेत्रमा उत्कृस्ट सेवा दिन सफल हुने टेलरिङ्ग सेन्टरका प्रो। राजेन्द्र आचार्यले विश्वास व्यक्त गनुृभयो । न्यु उत्सव सटिङ्ग सुटिङ्ग तथा टेलरिङ्ग सेन्टरमा जेन्स पेन्ट तथा सुट स्पेशलिष्टका साथ सट पाईन्ट, कोट, ढाका टोपि, स्कुलका डे«स सिलाईनुका साथै गुणस्तरिय कपडा पनी उपलब्ध गराउने प्रो। आचार्यले बताउनु भयो । उद्घाटन कार्यक्रममा व्यापारी, उद्योगि व्यवसायि तथा समाजसेवि लगायतको उपस्थिति रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu