रोट्¥याक कपिलवस्तु : केसीद्धारा पोख्रेललाई पद हस्तान्तण
कपिलवस्तु-रोट्¥याक क्लव अफ कपिलवस्तुको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार सुपा देउराली रिसोर्टमा रोटा वर्ष ०२०।२१ का अध्यक्ष विक्रम केसिले रोटा वर्ष ०२१।२२ का लागि शिशिर पोख्रेललाई पद हस्तान्तरण गर्नुभएको छ । पद हस्तानरण गर्दै केसीले सामाजिक काममा सकृय भएर काम गर्न सुझाव सहित सफल कार्यकालको शुभकामना दिनुभयो । आफ्नो कार्यकालमा भएका गतिविधि सहितको प्रतिवेदन पेश गर्दै केसीले यो अवधिमा सबै तर्फ वाट सहयोग भएको बताउनुभयो
कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले रोट्¥याक क्लवको काम प्रति आफु सन्तुष्ट रहेको बताउनुभयो । गरिव दुखि तथा अन्य युवाहरुको सवालमा शसक्त रुपमा काम गरिरहेको भन्दै आगामी दिनमा थप उर्जाका साथ काम गर्न सुझाव दिनुभयो ।
आफुले कमाएको केहि रकम समाज सेवामा पनि खर्च गर्नुपर्ने मान्यताका साथ क्लवमा आवद्ध सदस्यहरु पूर्ण रुपमा लाग्नुपर्ने बताउनुभयो । कार्यक्रमा नगरप्रमुख नेत्रराज अधिकारीले समृद्ध नगर बनाउने आफ्नो संकल्प पुरा गर्न युवाहरुको साथ आवश्यक रहेको जिकिर गर्नुभयो । कोराना महामारी लागएत अन्य विपतमा क्लवले विविध समाजको लागि काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।
कार्यक्रममा उपप्रमुख शिवकुमारी थारु,बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापा,रोटरी क्लवका अध्यक्ष रामकुमार क्षेत्री,व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल लगाएतले नया टिमलाई शुभकामना व्यक्त गर्नुभयो । सामाजिक काममा सकृया रहेको रोट्¥याक क्लव अफ पदभार ग्रहण गर्दै शिशिर पोख्रेलले आगमि दिनका योजनाहरु प्रस्तुत गर्नुभएको थियो । पोख्रलले थप अन्य समितिलाई विस्तार गर्दै कार्यकालभर सबैको सहयोगको अपेक्षा समेत गर्नुभयो ।