Connect with us
Kapilvast Forest

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

२०७८, २१ भाद्र सोमबारमा प्रकाशित

छोराको हत्या गरेको अरोपमा ११ वर्षपछि बुवा पक्राउ

 

संखुवासभा — संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँमा एकै घरका ६ जनाको हत्या भएको छ । अज्ञात समूहले आइतबार राति धारिलो हतियार प्रयोग गरी स्थानीय तेजबहादुर कार्कीको परिवारका ६ जनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालध्वज सुवेदी बताउनुभयो ।

 

 

हत्याको घटना सोमबार बिहान मात्र छिमेकीले थाहा पाएका थिए । छिमेकीले सबैलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई जानकारी गराएको स्थानीय शिक्षक योगेन्द्र ओझाले बताउनुभयो । ५८ वर्षीय तेजबहादुर कार्कीसहित उहाँकी आमा ८० वर्षीया पार्वता, ५६ वर्षीय श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको प्रहरीले जनाएको छ । मृतकहरुको शव घरवरिपरि फालिएको अवस्थामा भेटिएको छ ।

घटनाको थप विवरण बुझ्न डीएसपी सुवेदीसहितको प्रहरी टोली घटनास्थलतर्फ गएको छ । सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न कम्तीमा ६ घण्टा लाग्ने प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय चैनपुरमा प्रहरी निरीक्षक योगराज खतिवडाको टोली भने घटनास्थल पुगेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu