Connect with us
Kapilvast Forest

राउटे भाषाको लिपि बनाइने

२०७८, २२ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं-जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले बोल्ने भाषाको लिपि तयार गरिने भएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले राउटे समुदायले बोल्ने भाषाको लिपि तयार गर्ने भएको हो । राउटे बस्तीको अनुगमनमा आएका प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीले आफ्नो कार्यकालभित्र लिपि तयार गर्ने बताए । “राउटे समुदायको भाषा जोगाउन र यसलाई लिपिबद्ध गर्न आवश्यक ठानेका छौँ,” उनले भने, “त्यसका लागि मेरो कार्यकालभित्र लिपि तयार गर्नेछु ।

हाल सुर्खेतको गुर्भाकोट नगरपालिकामा बस्दै आएका राउटे बस्तीमा आइतबार प्रतिष्ठान र नेपाल आदिवासी जनजाति महासंघले संयुक्त रूपमा खाद्यान्न, लत्ताकपडा लगायतका सामग्री हस्तान्तरण गरेका छन् । प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती, सदस्य सचिव कमलराज वंसी आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम नेपाल मगरसंघका महासचिव ज्ञानेन्द्र पुन, एसिया इन्डिजिनियस पिपुल्स प्याक्टका डा. श्रीकुमार महर्जनलगायतको टोली राउटे बस्तीमा पुगेको थियो ।

टोलीले राउटे समुदायको सामाजिक आर्थिक धार्मिक तथा सांस्कृतिक उत्थान र विकासका विषयमा राउटे समुदायसंँग छलफलसमेत गरेको छ । छलफलका क्रममा राउटे समुदायले भने आफूहरूलाई अहिलेकै फिरन्ते अवस्थामै रहन दिन आग्रह गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu