शिवराज:वडा अध्यक्ष लोसपामा,कार्यपालिका सदस्य नेकपा एसमा सनाखत
माधव बेल्बासे ,कपिलवस्तु-कपिलवस्तु कपिलवस्तुको शिवराज नगरपालिकाका दुई जना जनप्रतिनिधिहरुले जिल्ला निर्वाचनमा पुगि सनाखत गरेको छन् ।
शिवराज नगरपालिका १० का वडा अध्यक्ष मन्जु मिश्रले लोकतान्त्रिक सामाजवादी पार्टी र कार्यपालिका सदस्य निर्मला सुनारले एकिकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन । दुई जना जनप्रतिनिधिहरुले सनाखत गरेको जिल्ला निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले बताउनुभयो ।
जनता समाजवादी पाटी वाट निर्वाचित वडा अध्यक्ष मिश्राका श्रीमान महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक सामाजवादी पाटीका केन्द्रिय नेता हुन । कार्यपालिका सदस्य सुनार लाई राजनितिमा ल्याउने अब्दुल रउफ एकिकृत समाजवादी पार्टीमा लागेपछि उनी पनि उतै लागेकी हुन् । राजनितिक अभिभावक भएकोले उहाँकै लाईनमा आफु रहेको प्रतिकृया दिएकी छिन् ।