Connect with us
Kapilvast Forest

नेपाली कांग्रेसको वृहत छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न

२०७८, २२ भाद्र मंगलवारमा प्रकाशित

कपिलवस्तु-नेपाली कांग्रेसको वृहत छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा तरुण दल र नेविसंघ को आयोजना तथा सांसद अभिशेक प्रताप शाहको नेतृत्वमा नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेसनमा केन्द्रित रही यस क्षेत्रका क्रियासिल सक्रिय नेपाली कांगे्रसमा आस्थावान व्याक्तीहरुको उपस्तिथीमा वृहत छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दैै सांसद शाहले कांग्रेस पाटी अव एक ढिक्का भई अगाडी बड्नुपर्ने बताउंदै आगामी १४ औं महाधिवेसनमा दलित, मुस्लिम,मधेशी तथा पहाडी समुदाय सबैलाई मिलाई वडा नगर देखि जिल्ला सम्म सबैलाई मिलाएर लैजाने बताउनु भयो । महाधिवेसन कांग्रेसको पर्व भएकोले महाधिवेशन लाई सफल बनाउनुपर्नेमा उहाले जोड दिनु भयो ।

५१ वटा जिल्लामा महाधिवेसन भईसकेकोले कपिलवस्तुमा पनि आज सांझ सम्म क्रियासिल सदस्यहरुको नामावली आउने बताउनु भयो । महाधिवेसनमा नया नेतृव्व आउने र पार्टीलाई नया जोस र जागरका साथ काम गर्न सक्ने खालको नेतत्व चयन गर्ने गरि काम गर्न समेत सुझाउनु भयो ।

पार्टीमा नयां पुरानो भन्ने प्रवृती छाड्नु पर्ने बताउदै हामी एउटै परिवार भएको र विगतमा भएका कुरा विर्सिएर एक जुट भई लाग्नु पर्ने बताउनु भयो । कार्यक्रमा बोल्नो बक्ताहरुले कांगे्रसमा सबै मिलेर जानु मिलेर जानु पर्ने भन्दै मिलेर जादै गर्दा पाटीका लागी आफुले पद त्याग गर्न पनि सक्नुपर्ने पर्नेमा जोड दिएका थिए ।

कार्यक्रम मा सांसद अभिशेक प्रताव शाह, कांगे्रस नेताहरु हुमाकान्त खनाल, पे्रम वहादुर रायमाझी, नवराज पाण्डेय, हरि प्रसाद पोख्रेल, कृष्ण पौडेल विनोद नेपाल, युवा नेता अजय थापा, नेविसंघ निवर्तमान केन्द्रिय सदस्य विशाल कुमार गुप्ता, नेपाल तरुणदल जिल्ला सचिव अमर पौडेल, अकोरावका लुम्विनी प्रदेश अध्यक्ष राजु खराल, नगर सभापती मधुसुदन पोख्रेल, तरुणदल क्षेत्रिय सभापती शेराज खान, लगाएत करिव २०० जना नेता तथा कार्यकर्ताको सहभागिता रहको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu