मुख्यमन्त्री शाक्यले ११ मन्त्री नियुक्त गर्दै
काठमाडौं-बागमती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नु भएको छ । नेकपा एमालेका १३ जना सांसदले पार्टी छाडेपछि अल्पमतमा रहेकी शाक्यले नियुक्तिको तीन हप्तापछि मन्त्री नियुक्त गर्न लाग्नु भएकोृ हो ।
उहाँले मन्त्री र राज्यमन्त्री गरी ११ जना थपेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको बुझिएको छ । पार्टी विभाजनमा माधवकुमार नेपाल समूहलाई साथ नदिएर एमालेमै बसेकाहरु मन्त्री बन्ने प्राथमिकतामा हुनुन्छ । गएको भदौ २ गते नेकपा एमालेको बहुमतका आधारमा मुख्यमन्त्री बनेकी शाक्यको सरकार अल्पमतमा परिसकेको छ। उहाँले अब एक महिनाभित्रै प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।