Connect with us
Kapilvast Forest

सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत

२०७८, २५ भाद्र शुक्रबारमा प्रकाशित

 

काठमाडौं-प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले नाराबाजी र अवरोध गरिरहेकैबेला आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ बहुमतले स्वीकृत भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सो अध्यादेश बैठकमा प्रस्तुत गर्नुभएपछि सभामुख अग्नीप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्नुभएपछि बहुमतले स्वीकृत भएको हो ।

बैठकमा सभामुख सापकोटाले सांसद प्रेम सुवाललाई प्रस्ताव राख्न आग्रह गर्नुभयो । नेमकिपा सांसद सुवालले एमसीसी सम्झौताबारेमा धारणा राख्नुहुँदै एमसीसी पारित गर्न देशको अहितमा रहेको बताउनुभयो । अवरोधकैबीच प्रस्ताव राख्न समस्या भएको भन्नुहुँदै सांसद सुवालले अवरोधको समस्या समाधान गरी बैठक अघि बढाउन आग्रह गर्नुभयो । उहाँले प्रस्ताव प्रस्तुत नगर्नुभए पनि उहाँको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नु नपरेको सभामुख सापकोटाले बैठकलाई जानकारी गराउनुभयो ।

सभामुख सापकोटाले सांसद सुवाललाई ‘आर्थिक अध्यादेश २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने कार्यसूची तय भएको थियो । तर सांसद सुवालले सो प्रस्ताव प्रस्तुत गर्न अस्वीकार गर्नुभयो । बैठकमा अवरोध कायम रहँदासम्म आफ्नो प्रस्ताव पेश नगर्ने उहाँले बैठकलाई जानकारी गराउनुभयो ।

सो पछि सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरलाई ‘आर्थिक अध्यादेश २०७८ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न आग्रह गर्नुभएपछि अर्थमन्त्री शर्माले सो प्रस्ताव प्रस्तुत गर्नुभएपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएपछि बहुमतले स्वीकृत भएको सभामुख सापकोटाले घोषणा गर्नुभयो ।

सांसद प्रेम सुवालले रोष्टमबाटै आफ्नो प्रस्ताव राख्न सभामुख सापकोटासँग पुनः आग्रह गर्नुभयो । तर सभामुख सापकोटाले यथास्थानबाटै प्रस्ताव पेश गर्न आग्रह गर्नुभए पनि सांसद सुवालले प्रतिपक्षी दलका सांसदहरुको नाराबाजीकैबीच आफूले प्रस्ताव पेश गर्न अस्वीकार गर्नुभएपछि सभामुख सापकोटाले सो प्रस्ताव अस्वीकृत भएको घोषणा गर्नुभयो । सांसद सुवालले ‘राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ अस्वीकृत गरियोस्’, ‘विनियोजन अध्यादेश २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने प्रस्ताव राख्ने कार्यसूची तय गरिएको थियो ।

सांसद सुवालले प्रस्ताव फिर्ता लिन अस्वीकार गर्नुभएपछि सभामुख सापकोटाले सो प्रस्ताव अस्वीकृत गरियोस् भन्ने प्रस्ताव बैठकमा राख्नुभएको थियो । त्यसको पक्षमा बहुमत सदस्यले प्रस्तावलाई अस्वीकृत गनुभएको थियो ।

पन्ध्र मिनेट स्थगित भएपछि १ः५२ बजे पुनः शुरुभएको प्रतिनिसभा बैठक विरोधकैबीच शुरुभएको थियो । अर्को बैठक आजै पन्ध्र मिनेटपछि बस्ने पनि सभामुख सापकोटाले बैठकलाई जानकारी गराउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu