Connect with us
Kapilvast Forest

समाचार सम्प्रेषण गरेकाे भन्दै पत्रकारलाई ज्यान मार्ने धम्की

२०७८, २५ भाद्र शुक्रबारमा प्रकाशित

महोत्तरी – महाेत्तरीमा समाचार सम्प्रेषण गरेको भन्दै एक जना दलालले रेडियोकर्मीलाई ज्यान मार्ने धम्की दिएका छन् ।विदेश पठाइदिन्छु भन्दै महोत्तरीका ११ जनासँग एक लाख तीस हजार रुपैयाँका दरले रकम उठाएर फरार भएका कुन्दकुमार मिश्राले स्थानीय रेडियोका पत्रकार नागेन्द्र साहलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएका हुन् ।

११ जना युवा दलालबाट ठगिएको समाचार रेडियोमा प्रसारण गरेको भन्दै धम्की आएको पत्रकार साहले बताउनुभयो । दलाल मिश्राले केही समयअघि टिपर दुर्घटनामा ज्यान गुमाएका महोत्तरीका एक रेडियोकर्मीलाई आफूले हत्या गरेको भन्दै त्यस्तै हालत बनाइदिने धम्की दिएका पत्रकार साहले बताउनुभयो ।

सर्लाही धनकौल ४ सरस्वती टोलका कुन्दन कुमार मिश्रा (राजन) ले दुबई उडाइदिने भन्दै ११ जनासँग रकम लिइ फरार भएका थिए ।

मिश्राले गौशाला नगरपालिकाका छठु राय यादव, सोलीन्दर सहनी, सिकिन्द्र सहनी, सुरेन्द्र महरा, अनिल महतो, सुनिल महतो, रामकिशोर मुखियासँग पैसा लिएका थिए । त्यसै गरी औरही नगरपालिकाका सिरिया महतो, शिवशंकर महतो, बद्रि मुखिया र कारी मुखियासँग पनि पैसा लिएका थिए । अहिले उनीहरू अलपत्र अवस्थामा रहेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu