Connect with us
Kapilvast Forest

माओवादी केन्द्र शिवराजद्वारा शोक सभा

२०७८, २५ भाद्र शुक्रबारमा प्रकाशित

 

कपिलवस्तु -नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य तथा शिवराज नगर कमिटि अध्यक्ष दिनेश पुनकी हजुरआमा मिना पुनको निधन प्रति शोक सभा गरिएको छ । शिवराज नगरपालिका १ धानखोला उहाँको निवासमा पुगि आज शोक सभा गरिएको हो ।

शोक सभामा प्रदेश कमिटि सदस्य वालकराम वुढाले हजुरआमा योगदान अतुलनिय रहेको बताउनुभयो । नातिलाई राजनितिमा सकृय बनाउन हजुरबुवा आमाको साथले मात्र सफल भएको भन्दै यस्ता नेपाली आमाहरुलाई सधै उच्च सम्मान गर्नुपर्ने बताउनुभयो । शोक सभामा नेता चुर वहादुर खड्काले यस परिवार सामाजिक काममा सकृय रहेको बताउँनुभयो ।

राजनिति मात्र नभएर स्वास्थ्यस्वयम सेविका र नेताहरुलाई सहयोग गर्ने परिवार रहेको बताउनुभयो । भरत पोख्रेलले हजुरआमा जिवनी पढेर सुनाउनुभएको थियो । दिनेश पुनले आमा सानैमा वितेकोले हजुरआमाको साहारामा आफु रहेको बताउनुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu