Connect with us
Kapilvast Forest

श्रीलंकाविरूद्धको टी-ट्वान्टी सिरिजमा दक्षिण अफ्रिकाको विजयी शुरूवात

२०७८, २६ भाद्र शनिबारमा प्रकाशित

एजेन्सी – श्रीलंकाविरुद्धको टी-ट्वान्टी सिरिजमा दक्षिण अफ्रिकाले विजयी शुरूवात गरेको छ ।कोलम्बोमा शुक्रबार भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई २८ रनले हराउँदै सिरिजमा विजयी शुरूवात गरेको हो ।जितसँगै तीन खेलको सिरिजमा दक्षिण अफ्रिकाले १-० को अग्रता बनाएको छ ।

दक्षिण अफ्रिकाले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउन सक्यो ।श्रीलंकाका दिनेश चण्डीमालले अविजित रहदै ६६ रनको अर्धशतकीय इनिङ्स खेले पनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै चामिका करुनारत्नेले अविजित २२ रन जोड्दा कप्तान डासुन शनकाले १६ रन बनाए।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि एडिन मार्क्रमले ४८ रन जोड्दा रिजा हेन्ड्रिक्सले ३८ रन जोडे । क्विन्टन डी कक ३६ रनमा आउट भए । डेभिड मिल्लर २६ रनमा आउट भए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu