Connect with us
Kapilvast Forest

जसपाबाट मन्त्री बन्नेको सूची तयारी अवस्थामा

२०७८, २६ भाद्र शनिबारमा प्रकाशित

काठमाडौं-जनता समाजवादी पार्टी नेपाल(जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकारमा प्रतिनिधित्व गर्ने पार्टीका नेताहरुको सूची तयार गर्नु भएको छ ।अध्यक्ष यादवनिकट स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले दुई चरणमा मन्त्रिमण्डल विस्तार गरे पहिलो चरणमा चारजनाको नाम दिने भएका छन् । देउवाले एकै चरणमा चारजनाको नाम दिने तयारी भएको छ । देउवाले एक चरणमा मन्त्रिपरिषद् विस्तार गरेमा एकैपटक ६ जनाको नाम दिने तयारी भएको स्रोतले बतायो ।

पहिलो चरणमा विवाद नहुने गरी दुई नेताको नाम सिफारिस गर्ने तयारी भएको यादवनिकट स्रोतले बतायो । स्रोतकाअनुसार यादवले पहिलो चरणमा महेन्द्र यादव र राजेन्द्र श्रेष्ठको नाम सिफारिस गर्ने सम्भावना छ ।

श्रेष्ठ यतिबेला संखुवासभामा रहनु भएको छ । उहाँशनिबार मात्र काठमाडौं आउने कार्यक्रम छ । अध्यक्ष यादवले शनिबार जसपाको संसदीय दलको बैठक बोलाउनु भएको छ । बैठकमा सरकारमा कसकसलाई सिफारिस गर्ने भन्ने विषयमा छलफल हुने सम्भावना रहेको सांसद अमृता अग्रहरीले बताउनु भयो ।

नागरिक

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu