विजयनगरमा ३ सय ४० जना एमलेमा प्रवेश
न्युज सेन्टर नेपाल चन्द्रौटा -कपिलवस्तुको विजयनगर गाउँपालिका भेलामा वडा नं. ७ को विभिन्न गाँउबाट नेकपा एमाले पार्टी प्रवेश गर्नेको लहर चलेको छ ।विजयनगर गाँउपालिका वडा न ७ गणेशपुरमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ३ सय ४० जनाले नेकपा (एमाले) मा प्रवेश गरेका छन्
विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्ने नवप्रवेशिलाई नेकपा एमाले कपिलवस्तु जिल्ला सदस्य तथा कपिलवस्तु क्षेत्र न ३ क का लुम्बिनी प्रदेश अर्जुन कुमार के।सी, नेकपा एमाले कपिलवस्तु सचिवालय सदस्य तथा शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी ,नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा विजयनगर गाँउपालिका अध्यक्ष गोपालले पार्टी प्रवेश गराउनु भएको थियो ।