Connect with us
Kapilvast Forest

मुख्यमन्त्री शाक्यलाई समर्थन नगर्ने एकीकृत समाजवादीको निर्णय

२०७८, २७ भाद्र आईतवारमा प्रकाशित

काठमाडौं-नेकपा एकीकृत समाजवादीले बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नभएको जानकारी गराएको छ ।नेकपा एमाले विभाजन हुँदा १३ सांसदले एकीकृत समाजवादी रोज्नु भएको छ । उहाँहरुको आइतबार बसेको बैठकले राजेन्द्र पाण्डेलाई संसदीय दलको नेता चयन गरेको छ ।

बैठकले मुख्यमन्त्री शाक्यलाई आफ्नो समर्थन नरहेको जानकारी संसद सचिवालयलाई जनकारी गराउने निर्णय गरेको छ । यससँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् । एमाले विभाजन हुँदा माधवकुमार नेपाल समूह छाडेर एमालेमै बसेकी उनी २ भदौमा मुख्यमन्त्री बन्नु भएको छ ।

१०९ सदस्यीय प्रदेशसभामा एमालेको प्रष्ट बहुमत थियो । ५५ मध्ये १३ सांसदले एकीकृत समाजवादी रोजेपछि एमालेको सांसद ४२ मात्र कायम भएको छ ।अब मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपर्छ । नभए अविश्वासको प्रस्ताव दर्ता गर्ने पाँचदलीय गठबन्धनको तयारी छ । गठबन्धनमा एकीकृत समाजवादीले मुख्यमन्त्री दाबी गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu