Connect with us
Kapilvast Forest

चन्द्रौटा घटना भएको चौध बर्ष पूरा, पिडितको नाममा स्मरण मात्रै

२०७८, ३० भाद्र बुधबारमा प्रकाशित

न्युज सेन्टर नेपाल, कपिलवस्तु –कपिलवस्तुको चन्द्रौटामा घटेको घटनाको चौध वर्ष पुरा भएको छ । २०६४ भाद्र ३० गतेका दिन अज्ञात समूहको गोली प्रहारबाट स्थानिय समाजसेवी अब्दुल मोइद खानको मृत्युपछि चन्द्रौटा लगायतका क्षेत्रमा साम्प्रदायिक हिंसा भड्किएको थियो । विगत बर्षहरुमा आजको दिनलाई कालो दिनको रुपमा स्मरण गर्दै आएपनि केही बर्ष देखि यो दिनलाई स्मरण मात्र गरिदै आइएको छ ।

१४ जनाको हत्या, ७ सय बढि पसल, घरटहरा लुटपाट, आगजनी भएको थियो भने ३ सय बढि सवारी साधनमा आगजनी गरिएको थियो । घटना अनुसन्धान गर्न सरकारले पूर्व न्यायधिश लोकेन्द्र मल्लिकको संयोजकत्वमा आयोग गठन गरेको थियो ।

आयोगले सवारी साधन बाहेक करिब ४ करोड बढि क्षति भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिवेदनलाई आधार मान्दै साविकका ८ गाविसका ३ हजार बढि घटना पीडितले क्षतिपूर्ति माग गर्दै आएका छन् । घटनाको १४ बर्ष पुगिसक्दा पनि पीडितहरुले क्षतिपूर्ति नपाउँदा राज्यको न्याय तथा सरकारको आश्वासनबाट विश्वास उठिसकेको पीडित बताउँछन ।घटना पछिका हरेक वर्षहरुमा घटनापिडितहरुले भाद्र ३० गतेलाई स्मरण गर्दै आएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj