आगामि चुनावमा पार्टीको वर्चस्व फेरि फर्किन्छ:घनश्याम भुसाल
बुटवल – नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी विभाजनका कारण एमाले घाइते भएको बताउनु भएको छ । पार्टी विभाजन भएर पछारिएर घाइते भए पनि एमाले अहिले पनि सबैभन्दा ठूलो राष्ट्रिय शक्ति भएको उहाँको भनाइ छ ।
रुपन्देहीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भुसालले भन्नु भयो , ‘हामी पछारिएका छौं, घाइते भएका छौ । आन्दोलनका हिसाबले अप्ठेरोमा छौं, तल खसेका छौं तर अहिले पनि ठूलो शक्ति छौं ।’
२०७४ सालको चुनावमा पार्टीको वर्चस्व फेरि फर्काउने उहाँले दाबी गर्नु भयो । चुनावमा जसरी पनि जित हासिल गर्ने उद्देश्य राख्ने परिपाटी मुख्य समस्या रहेको भन्दै भुसालले यही कारण दलाल पूँजीवाद हाबी हुँदै गएको टिप्पणी गर्नु भयो । उहाँले पार्टीभित्र र बाहिर दलाल पूँजीवादविरुद्ध लड्नुपर्ने खाँचो रहेको बताउनु भयो ।पार्टी विभाजनका विषयमा समीक्षा हुनुपर्ने भुसालले बताउनु भयो ।