Connect with us
Kapilvast Forest

चन्द्रौटामा घटनाको १४वर्ष -हरेक भाद्र ३० मा पिडितलाई आश्वासन मात्रै

२०७८, ३० भाद्र बुधबारमा प्रकाशित

कपिलवस्तु –कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा घटना घटेको १४ वर्ष वितिसक्दा समेत पिडित परिवारले राज्यबाट उचित किसिमको न्याय नपाएको गुनासो गरेका छन । घटना घटे पश्चात बनेको समितीद्धारा सरकारलाई बुझाइएको प्रतिवेदनमा अनेक आवासन देखाए पनि हाल सम्म पिडित परिवारका छोरा छोरीलाई निशुल्क अध्यापन गराउने, सरकारी जागिर लगाउने र प्रति परिवार १० लाखका दरले दिने सहमती भएता पनि हाल सम्म पिडित पक्षलाई ५ लाख मात्रै दिएको र अन्य सेवा सुविधा भने नपाएको पिडित कालिसरा बस्नेत ले बताउनु भयो ।

२०६४ भाद्र ३० गतेका दिन अज्ञात समूहको गोली प्रहारबाट स्थानिय समाजसेवी अब्दुल मोइद खानको मृत्युपछि चन्द्रौटा लगायतका क्षेत्रमा साम्प्रदायिक हिंसा भड्किएको थियो । विगत बर्षहरुमा आजको दिनलाई कालो दिनको रुपमा स्मरण गर्दै आएपनि केही बर्ष देखि यो दिनलाई स्मरण मात्र गरिदै आइएको छ । १४ जनाको हत्या, ७ सय बढि पसल, घरटहरा लुटपाट, आगजनी भएको थियो भने ३ सय बढि सवारी साधनमा आगजनी गरिएको थियो । घटना अनुसन्धान गर्न सरकारले पूर्व न्यायधिश लोकेन्द्र मल्लिकको संयोजकत्वमा आयोग गठन गरेको थियो ।

आयोगले सवारी साधन बाहेक करिब ४ करोड बढि क्षति भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिवेदनलाई आधार मान्दै साविकका ८ गाविसका ३ हजार बढि घटना पीडितले क्षतिपूर्ति माग गर्दै आएका छन् । घटनाको १४ बर्ष पुगिसक्दा पनि पीडितहरुले क्षतिपूर्ति नपाउँदा राज्यको न्याय तथा सरकारको आश्वासनबाट विश्वास उठिसकेको पीडित बताउँछन । घटना पछिका हरेक वर्षहरुमा घटनापिडितहरुले भाद्र ३० गतेलाई स्मरण गर्दै आएका छन् ।

यता घटना पश्चात पिडितहरुको नेतृत्व गरिरहनु भएका व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले यो वर्ष मैन बत्ती बालेर स्मरण मात्र गरिएको बताउनु भयो । पुन नयां सरकार गठन भएकाले ज्ञापनपत्र बुझाउने तयारीमा रहको बताउदैं अहिले सरकारले पिडितको आवाज सुन्ने आशा गरिएको बताउनु भयो । १४ परिवारलाई ५ लाखका दरले दिएको र अदालत मा मुद्धा रहेको तर कोरोना कारण १ वर्ष देखि पेशी नचढेको बताउदै पिडित पक्षलाई न्याय दिलाउनु प्रतिबद्धता व्याक्त गर्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj