घट्यो आज सुनको मूल्य
काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य ९० हजार ७ सय रूपैयाँमा कारोबार भएकोमा आज ७ सयले घटेको हो ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार रूपैयाँ रहेको छ ।