असोज ४ गतेदेखि शिवराजका स्कुल खुल्ने
न्युज सेन्टर नेपाल कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका क्षेत्रका निजी तथा सामुदायिक स्कुलहरु असोज ४ देखि खुल्ने भएका छन् । नगर शिक्षा समितिको विहिवार बसेको बैठले स्कुल खोल्न दिने निर्णय गरेको हो ।
शिवराज नगरपालिका शिक्षा शाखाले जारी गरेको सूचना अनुसार विद्यार्थीको भौतिक दूरी कायम गरेर विध्यालय सञ्चालन गर्दै पठनपाठन गराउन निर्देशन गरेको छ । शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले एक सुचना प्रकाशित गर्दै विद्यालयमा मास्क, साबुन, पानी, सेनिटाइजरको प्रयो र भौतिक दुरी कायम गर्दै असोज ४ देखि भौतिक उपस्थितिमा नियमित पठनपाठन सुचारु गर्न निर्देशन दिनु भएको छ ।
कोभिडको नयाँ भेरीएन्ट देखिएसगैँ विध्यालहरु भौतिक उपस्थितिको रुपमा संचालन हुन नसक्दा शिवराज नगरपालिकाले वैकल्पिक प्रणाली cug बिधिबाट विद्यार्थीहरुलाइ सिकाई सहजीकरण गर्न भन्दै ४२ लाख रकम खर्च गरेको थियो । विध्यार्थीहरुको सिकाइ सहजिकरको लागि उक्त रकम खर्च गरे पनि कुनै प्रतिफल हासिल गर्न नसक्दै विध्यालय भौतिक रुपमै संचालन हुने भएका छन ।
