Connect with us
Kapilvast Forest

संसदको कामबाट म आफैं सन्तुष्ट छैन : सभामुख सापकोटा

२०७८, २ आश्विन शनिबारमा प्रकाशित

 

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले संसदको कार्यसम्पादनबाट आफू सन्तुष्ट हुन नसकेको बताउनु भएको छ ।शनिबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले गरेको कार्यक्रममा उहाँले संसदको कार्यसम्पादनमा सुधार गर्नुपर्ने धेरै ठाउँ रहेको बताउनु भएको हो ।

‘संसदको प्रभविकारिताको कुरा गर्ने हो भने म आफैं पनि पूर्ण सन्तुष्ट छैन’ उहाँले भन्ननु भयो , ‘कार्यसम्पादनमा कति चुस्त कति वैज्ञानिक सुधार गर्नुपर्नेछ । इमानका साथ म यसमा केन्द्रित हुन्छु ।’

आफू सभामुख भएको दुई वर्षको अवधिमा दलहरुम आन्तरिक लोकतन्त्र कमजोर भएको देखेको पनि उहाँले बताउनु भयो । ‘मैले सभामुखको जिम्मेवारी सम्हालेको करिब २ वर्ष हुन लाग्यो । मलाई गहिरो गरी अनुभूत भएको छ, सबैमा जिम्मेवारी वोध, कर्तव्य वोधको कमीका साथसाथै आन्तरिक लोकतन्त्र कमजोर भएको छ ।

सापकोटाले लोकतन्त्र भनेको अरुलाई उपदेश दिने विषय नभई आत्मसात गर्ने र व्यवहारमा प्रयोग गर्ने विषय भएको बताउनु भयो ।राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संविधान कार्यान्वयनका लागि जनताले अनुभूत गर्ने गरी काम गर्नुपर्ने बताउनु भयो । ‘त्यसमा हामी सांसदहरु बढी जिम्मेवार छौं । इतिहासको कठघरामा आनन्दित हुन अहिलेको काम गराइले सकिदैन ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu