Connect with us
Kapilvast Forest

‘याे गठबन्धन बरफकाे डल्ला हाे, चुनावपछि पग्लिहाल्छ:ओली

२०७८, २ आश्विन शनिबारमा प्रकाशित

काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन फ्रिजबाट निकालिएका आइसका डल्ला जस्तै भएको टिप्पणी गर्नुभएकाे छ । आज शनिवार नेपाल निजामती कर्मचारी सङ्गठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले चुनावमा जाँदा प्रतिगमन भनेर वर्तमान गठबन्धन पन्छिएको भन्दै उहाँले १४ महिनापछि बाध्यकारी रूपमा चुनाव गर्नुपर्ने र चुनावपछि यो गठबन्धन फ्रिजबाट निकालिएको बरफका डल्ला जस्तै पग्लिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘चुनाव भनेपछि प्रतिगमन भनेर कराएको देख्नुभएन, थरथर काम्दै डराउँदै । चुनाव प्रतिगमन हुन्छ त, के अब एक वर्षपछि प्रतिगमन नै हुने भयो त देशमा ? अब १४ महिनापछि चुनाव त गर्नुपर्छ । के देश अनिवार्य रूपमा प्रतिगमनमा जाने भयो त चुनाव गर्दा । जनादेश आउँदा चुनाव प्रतिगमन हुने भो ? संविधान मिचिएको हो त ? कस्तो शासन खोजेका छन् यी तानाशाहहरूले ? तर चुनाव गराउन यिनीहरू बाध्य छन् । तपाईँहरूलाई दुःख, कष्ट यसबीचमा दिन सक्छन् । धेरै चिन्ता नगर्नुस् । चौध महिनामा चुनाव हुन्छ । पन्ध्र महिनामा सरकार बन्छ । यी कता हराउँछन् । कता बिलाउँछन् । यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन् । आफैँ परेको आइस् होइन यो । फ्रिजमा बनाइएका आइस हुन् । यी डल्ला बाहिर राखिदिएपछि एकछिन पछि पग्लिहाल्छन् । त्यस कारण धेरै चिन्ता गर्नुपर्दैन ।’

अध्यक्ष ओलीले आफ्नो पार्टी निकट नेपाल निजामती कर्मचारी सङ्गठनमा आबद्ध कर्मचारीहरूलाई जुनसुकै पार्टीको भए पनि वर्तमान सरकारलाई सहयोग गर्न निर्देशन दिनुभयो । जुन पार्टीको सरकार भए पनि कर्मचारीहरूले आफ्नो कर्तव्य, नियम, कानुनको परिधिभित्र रहेर सक्रियताका साथ भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकारले खरबाैँ रुपैयाँ तल–माथि पर्ने गरी सेटिङमा करका दरहरू हेरफेर गरेको बताउनुभयाे । सरकारले सेटिङमा खरबौँ रुपैयाँ रुपैयाँ तल–माथि पर्ने गरी करको दर हेरफेर गरेको उहाँले बताउनुभयो । आम मानिस र सञ्चारमाध्यमले समेत सरकारको सेटिङको बारेमा कुरा उठाइरहेको भन्दै उहाँले सरकारले सेटिङ गरेको छैन भन्ने ठाउँ नरहेको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज देखिन थाल्या छ, सोझै सेटिङमा कसलाई भन्सार छुट दिने, कसलाई भन्सार नदिने, के गर्ने, कसो गर्ने भन्ने खरबाैँकाे खेल भइसक्यो । यति बेर बीचमा आएर करका दरहरू यत्रो ठूलो ढङ्गले देशलाई करोडौँको, अरबौँको मात्र होइन खरबौँको तल–माथि पर्ने गरी कसरी हेरफेर गरियो ? सबै सेटिङ होइन भन्न सकिने ठाउँ छैन । मान्छेहरू खुलेआम भनिराखेका छन्– यो सेटिङ हो, सञ्चारमाध्यम लेखिराखेको छ, बोलिराखेको छ सेटिङ भयो । भएन भन्ने ठाउँ छैन । म राष्ट्रसेवक कर्मचारी मित्रहरूलाई भन्न चाहन्छु, याे सङ्गठन स्वच्छताकाे प्रतीक बन्नुपर्छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu