Connect with us
Kapilvast Forest

नेपाली काङ्ग्रेस नगर सचिवमा कमल प्रसाद अधिकारिको पुनः दाबी

२०७८, २ आश्विन शनिबारमा प्रकाशित

कपिलवस्तु -नेपाली काङ्ग्रेस बुद्धभुमि नगर सचीव कमल प्रसाद अधिकारिले असोज ९ गते हुने नेपाली काङ्ग्रेस नगर समितिको निर्वाचनमा सचिव पदको दाबेदारी घोषणा गर्नु भएको छ । आज संचारक्रमी संग संक्षिप्त्त कुराकानी गर्दै नगर सचिव अधिकारीले पुन दोस्रो कार्यकालका लागि सचिव पदमा आफ्नो दाबेदारी घोषणा गर्नु भएको हो । अधिकारीले सचिव पदमा आफुलाइ सहयोग गरि सर्वसम्मत निर्वाचित गर्न सम्बन्धित मतदाता सबैमा आव्हान गर्नु भएको छ ।

अधिकारीले २०४६ सालमा नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीति सुरु गर्नु भएको हो । उहाँले नेपाल बिद्यार्थी संघको जिल्ला सदस्य , मुल पार्टीको वडा गाउँ हुँदै नगर सचिवको जिम्मेवारी कुसलता पुर्वक निर्वाह गर्नु भएको छ ।

पार्टीको झन्डालाई उचाईमा पुर्याउन र पुन स्थानीय सरकार आफ्नो कोल्टामा पार्न पनि आफ्नो उम्मेदवारी रहेको अधिकारीले बताउनु भयो । सबै पार्टी कार्यकर्ता र शुभचिन्तकको सल्लाह अनुसार आफुले सचिव पदमा पुनः दाबी गरेको उहाँले जानकारी दिनु भयो ।

अधिकारि सचीव पदमा रहेकै बखत बुद्धभुमी नगरमा पार्टीले आफ्नो नेतृत्वमा स्थानीय सरकारको जित हासिल गरेको थियो । सचिव अधिकारि नेपाली काङ्ग्रेसको एक निस्ठावान कार्यकर्ताका रुपमा परिचित हुनुहुन्छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu