Connect with us
Kapilvast Forest

मुक्ति समाज विजयनगरको भेला सम्पन्न, खटिकको अध्यक्षतामा ४७ सदस्य कमिटि गठन

२०७८, ३ आश्विन आईतवारमा प्रकाशित

नेकपिलवस्तु-पाल उत्पीडित जातिय मुक्ति समाज विजयनगर गाँउपालिकाको भेला सम्पन्न भएको छ । विजयनगर गाँउपालिकाको सभा हलमा सम्पन्न भेलाबाट तौलेश्वर खटिकको अध्यक्षतामा ४७ सदस्य नेपाल उत्पीडित जातीय मुक्ति समाज विजयनगर गाँउ कमिटि गठन गरेको छ ।

कमिटि उपाध्यक्षमा गुरुचरन कोरी,सचिवमा बुद्धिकला वि.क, सह सचिवमा गीता कोरी, कोषाध्यक्षमा नारायण वि.क,लाई चयन गरिएको छ ।
सम्पुर्ण उत्पीडित दलित एक हौ भन्ने मुल नारा सहित भएको भेलामा प्रमुख अतिथि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य तथा कार्यालय सचिव बलराम अधिकारीेले सुकुम्वासि समस्या नेकपा एमाले  पार्टीले नै समाधान गर्ने बताउनु भएको छ ।

पार्टीले लिएको अठोट सुखि नेपाली समृद्ध नेपालले कुनै पनि नेपाली घर र छानो विहिन हुने छैनन् अधिकारीले बताउनु भयो । तिस वर्ष सम्म नभएको काम तिन वर्ष मै केपि ओली सरकारले गरेर देखाएकोले अगामी चुनावमा पुर्ण बहुमत आउने अधिकारीले दाबि गर्नु भयो । जातिय समानताको लागि एकल प्रयासले मात्र नहुने बताउदै छुवाछुत र जातिय विभेद अन्त्यको लागि सबै एकजुट हुनुपर्ने बताउनु भयो ।
दलित मुक्तिका लागि सामुहिक ढंगबाट अगाडि न बढे सम्म मुक्तिको सम्भावना नरहेको बताउनु भएको छ । समाजमा रहेको रुढीवादी प्रम्परा जातीय छुवाछुतको अन्तका लागि सधैब आवाज उठाउने पाटि नेकपा ऐमाले भएको हुदा सबै दलित समुदायका मानिस गोलबद्ध भएर स्थानीय सरकार देखि प्रदेश, केन्द्र सरकार सम्म एमाले विजयी बनाउनुपर्नेमा मुक्ति समाज नेकपा एमालेका नेता क्षेत्र न. १ का इन्चार्ज डम्बर शर्माले जोड दिनुभयो । हिजको पुस्ताले भोगेको पिडा भोलिका हाम्रा छोरा छोरीले भोग्न नपरोस भन्नका लागि आज सबैले आवाज उठाउन आवश्यक रहेको उँहाले बताउनु भयो ।

कार्यक्रमा बोल्दै नेकपा एमाले कपिलवस्तु सचिवालय सदस्य तथा मुक्ति समाज केन्द्रिय सदस्य चन्द्र बहादुर गहतराजले मान्छे शिक्षीत भयो भने विभेदहरु कम हुदै जाने बताउदै सामाजिक अन्धविश्वास, रुढिवादी परम्परालाई हटाउने भनेको शिक्षाको ज्योति भएकोले सबैले अनिवार्य छोराछोरीहरुलाई पढाउनु पर्ने बताउनु भयो ।

गाँउपालिका प्रमुख गोपाल बहादुर थापाले पालिकाबाट दलित,बिपन्न बर्गको लागि बिभिन्न लक्षित किसिमको कार्यक्रम सुचारु गरेको बताउनु भयो । छोटो समयमा पालिकामा गरेको कार्यले हरेक क्षेत्रमा विकासको गति लिएको थापाले बताउनु भयो । आर्थिक, सामाजिक,सांस्कृतिक रुपले परिवर्तन हुनु आवश्यक रहेकोले  एक्लै भन्दा पनि अब सगंठित रुपबाट अगाडि बढ्दै सबैलाई समानताको वतावरण सिर्जना गर्न आवश्यक रहेको बताउनु भयो ।

सुकुम्वासि सम्स्या समाधानका लागि नेकपा ऐमाले ओलि सरकारले कामलाई अन्तिम चणमा पुराएको तर देउवा सरकारले आयोग विगठन गरेरर सम्पुर्ण दलित भुमिहिन सुकुम्वासीहरूको पेटमा लात हानेको पनि थापाले बताउनु भयो ।

त्यस्तै नेकपा एमाले शिवराज नगर कमिटि सचिवालय सदस्य तथा व्यापार संघका अध्यक्ष महादेव पोख्रेलले पार्टीबाट केहि व्यक्तिहरु छुटिएर जादैमा फरक नपर्ने झन सक्रिय र गोलबद्ध भएर अगाडि बढ्ने बताउनु भयो ।
एक्लै भन्दा पनि अब सगंठित रुपबाट अगाडि बढ्दै सबैलाई समानताको वातावरण सिर्जना गर्न आवश्यक रहेको बताउनु भयो ।

पालिका भेलामा नेकपा एमाले जिल्ला कमिटि सदस्य कृष्ण भण्डारी, थर्क बहादु खन्गाहा ,७ न. वडा अध्यक्ष दिनेश कुमार चौधरी, लगायतले शुभकामना मन्तव्य दिएका थिए । नेकपा एमाले जिल्ला कमिटि सदस्य टंक बहादुर सुनारको अध्यक्षतामा कार्यक्रमक सम्पन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu