Connect with us
Kapilvast Forest

सरकारलाई समय सीमाभित्र बजेट कार्यान्वयन गर्न केन्द्रको अनुरोध

२०७८, ३ आश्विन आईतवारमा प्रकाशित

काठमाडौं-नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलले समय सीमाभित्र बजेट कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारलाई अनुरोध गरेको छ ।केन्द्रका प्रदेशसभा दलका नेता महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको बैठकले दशैँअघि नै बाढीपीडितको छाना र नानाको बन्दोबस्त गर्न, संवेदनशील एवं जटिल प्रकृतिका रोगीहरुको उपचारमा सहयोग पु¥याउन, सीमान्तकृत वर्ग, समुदाय र घाइते अपाङ्गको जीवनयापनमा बदल्ने गरी कार्यक्रम अगाडि बढाउन अनुरोध गरिएको छ ।

दलका प्रमुख सचेतक ठम्मर विष्टले आज बैठकमा गरिएका निर्णय सार्वजनिक गर्दै मुख्यमन्त्री रोजगार र पूर्वाधार विशेष कार्यक्रमलाई परिणाममुखी बनाउन दलको बैठकले तोकेको समय सीमाभित्र कार्यान्वयन तथा शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखी योजना छनौट गर्न सरकारलाई अनुरोध गरिएको जानकारी दिनु भयो ।

महिला, दलित लक्षित कार्यक्रम, अल्पसङ्ख्यक सीमान्तकृत वर्ग समुदाय (बादी, गाइने, राजी, राउटे, कुसुन्डा, बोटे)लगायत अल्पसंङ्ख्यक एवं लोपोन्मुख समुदायको कार्यक्रमलाई शीघ्र कार्यान्वयन गरी उनीहरुको कठिन जीवनयापनलाई सहज बनाउने काममा जोड दिन पनि सरकारलाई सुझाइएको प्रमुख सचेतक विष्टले बताउनु भयो ।

उहाँका अनुसार कोभिड–१९ बाट मृत्यु भएका परिवार र अन्य संवेदनशील क्यान्सर, मिर्गौला, मुटु, हेड एण्ड स्पाइनल इन्जुरी, पार्किन्सन र अल्जाइमर्सलगायतका बिरामीलाई राज्यबाट पाउने सेवा सुुविधाको लागि तत्काल कार्यविधि बनाइ उनीहरुलाई क्षतिपूर्ति दिन प्रदेश सरकारसँग आग्रह गरिएको छ ।

बैठकमा प्रदेश समृद्धिको अभियानमा प्रमुख प्रतिपक्षलगायत संसद्मा प्रतिनिधित्व गर्ने सम्पूर्ण दल, सरकारमा आबद्ध गठबन्धन दल, पत्रकार, नागरिक समाज, बुद्धिजीवी, व्यवसायीलगायत आमजनतासँग सहकार्य, समन्वय र हातेमालो गर्दै अगाडि बढ्ने संकल्प गरिएको नेकपा माओवादी केन्द्र प्रदेशसभा दलले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu