Connect with us
Kapilvast Forest

कपिलवस्तु: एम.आइ.एस अपरेटर तथा फिल्ड सहायक जिल्ला कार्यसमिति गठन अध्यक्षमा खडका

२०७८, ३ आश्विन आईतवारमा प्रकाशित

कपिलवस्तु-राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग अन्तर्गत कपिलवस्तु जिल्लाको १० वटा स्थानिय तहमा कार्यरत एम.आइ.एस अपरेटर र फिल्ड सहायकहरुको भेलाले कपिलवस्तुमा जिल्ला स्तरिय व्यवस्थापन सुचना प्रणाली अपरेटर तथा फिल्ड सहायक जिल्ला कार्यसमिति कपिलवस्तु गठन गरेको छ ।

कार्यसमितिले वृजेश यादवको संयोजकत्वमा पंच गुलाम नाँउ र ओमराज चौधरी रहने गरि ३ सदस्यिय सल्लाहकार समिति समेत गठन गरेको कहाँरले बताए ।
कार्यसमितिको अध्यक्षमा दिपक खड्का उपाध्यक्षमा अनिता के.सी सचिवमा शुरेश कहाँर कोषाध्यक्षमा प्रभाकर सिह चौधरी सह –सचिव बिरमाया सुनार सदस्यहरुमा पवन कुमार चौधरी,बालजी चौधरी,राजु रैदास,मिलन पोख्रेल,नारायण प्रसाद उपाध्याय,शिव कुमार हरिजन,सुरेन्द्र कुमार मुराउ,सच्चाराम चमार, जगरजनाथ कुर्मी,ध्रुवतारा बुढामगर,गिर्जा थापा क्षेत्री र पुजा श्रीवास्तव रहने गरी १७ सदस्यिय कार्यसमिति गठन गरेको छ ।

शिवराज नगरपालिका अन्तर्गत सेवा इकाईमा कार्यरत दिपक खड्काको नेतृत्वमा १७ सदस्यिय जिल्ला कार्यसमिति सर्व-सहमत चयन गरेको समितिका सचिव शुरेश कहाँरले बताए । विभागले सामाजिक सुरक्षा तथा घटना दर्ता प्रणाली सुदृढीकरणका लागि कार्यक्रम सफल गर्ना मिति २०७६ भदो १७ गते विज्ञापन गरि ७५३ वटा स्थानिय तहमा खुल्ला प्रतिस्पर्धा द्वारा करारमा नियुक्त गरेको थियो ।

कपिलवस्तु जिल्लामा जेष्ठ नागरिक,दलित जेष्ठ नागरिक,विधवा,एकल महिला,अपाङ्गता भएका व्यक्ति, पाँच वर्ष मुनिका दलित बालबालिका र पाँच मुनिका क्षेत्रतोकिएको बालबालिका गरि लगभग १ लाख १० हजार भत्ता पाउने सेवाग्राही रहेको र कपिलवस्तु जिल्लको १० वटा स्थानिय तहमा एम.आइ.एस अपरेटर तथा फिल्ड सहायक गरि २६ जना सामाजिक सुरक्षा तथा पञ्जीकरण सेवा इकाईमा कार्यरत रहेका छन् ।
कपिलवस्तु जिल्लामा कार्यरत एमआइ एस अपरेटर तथा फिल्ड सहायकहरुले आफनो हक अधिकार सुनिस्चित गर्न र स्थानिय तहमा करारमा कार्यरत कर्मचारीहरुलाई गरिने विभेदको अन्तयका लागि समिति गठन गरिएको नव-निर्वाचित अध्यक्ष दिपक खड्काले बताए ।
नेपाल सरकार गह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग अन्तर्गत स्थानिय तहमा रहेका एम.आइ.एस अपरेटरहरुलाई निजामती सेवाको राजपत्र अनंकित प्रथम श्रेणी सेवा सुविधा दिने भने पनि मंहगी भत्ता नपाएको गुनासो आइरहेकोले सबै पालिकासंग सहकर्य गरि उपल्बध गराउने खड्काले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu