Connect with us
Kapilvast Forest

मेलम्ची पुनर्स्थापना गर्न साढे दुई अर्ब आवश्यक, छुट्ट्याईयो एक अर्ब मात्रै

२०७८, ४ आश्विन सोमबारमा प्रकाशित

काठमाडौं – सरकारले बाढीपहिरोले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना पुनस्र्थापनाको लागि थप एक अर्ब रूपैयाँ बजेट छुट्ट्याएको छ। असार १ यताको बाढीपहिरोले उक्त आयोजनाको हेडवक्र्ससहित अन्य पूर्वाधारमा ठूलो क्षति पुगेको छ। अर्थ मन्त्रालयले मेलम्ची आयोजनाको बाढीपहिरो प्रभावित संरचना पुनस्र्थापनाका लागि छुट्ट्याउनुपर्ने बजेटको शीर्षक भने अर्कै पर्न गएको छ।

मेलम्ची खानेपानी विकास बोर्डका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले अर्थ मन्त्रालयले यो आयोजनाको लागि एक अर्बभन्दा धेरै बजेट छुट्ट्याए पनि बजेटको शीर्षक मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र निर्माण लेखिएको बताए। ‘अर्थ मन्त्रालयले मेलम्ची आयोजनाको पुनस्र्थापनाको लागि छुट्ट्याएको भए पनि झुक्किएर प्रशोधन केन्द्र भएकाले सच्याउन अनुरोध गर्नेछौं,’ उनले भने, ‘सरकारले बाढीपहिरो प्रभावित आयोजनाको पुनस्र्थापनालाई प्रथामिकता दिएको छ।’

बाढीपहिरोले क्षतिग्रस्त उक्त आयोजना पुनस्र्थापनाको लागि करिब साढे दुई अर्ब रूपैयाँ लाग्ने आयोजनाको भनाइ छ। हेलम्बु नगरपालिकाले अहिले उक्त आयोजनाको पहुँच मार्ग निर्माणको काम गरिरहेको छ। आयोजनाको वैकल्पिक पहुँचमार्ग निर्माणको लागि ७० लाख बजेट विनियोजन गरेर काम भइरहेको छ।

अर्थमन्त्री जर्नादन शर्माले गत शुक्रबार जारी गरेको प्रतिस्थापन विधेयकमा बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना आर्थिक वर्ष २०७८ को चैत मसान्तभित्रै मर्मत र पुनस्र्थापना गरी नियमित खानेपानी आपूर्ति गर्ने दाबी गरेका छन्। ‘मेलम्चीको पानी उपत्यकामा आपूर्ति हुने प्रबन्ध मिलाइनेछ। नदी कटान एवं बाढीपहिरोको कारण भएको सडक लगायतको क्षतिको तत्काल पुनर्निर्माण र पुनस्र्थापन कार्यक्रमका लागि बजेट छुट्ट्याएको छु,’ अध्यादेशमा भनिएको छ।

गत असार १ को बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स जाने अम्बाथानकोपहुँचमार्ग, कोफर ड्यामसहित हेडवक्र्समा ठूलो क्षति पुर्‍याएको थियो। साउन १५ को बाढीपहिरोले आयोजना अन्तर्गतका थप संरचनामा क्षति पुर्‍याएको छ। साउन १५ को बाढीपहिरोले यो आयोजनाको पहुँचमार्गमा पर्ने चनौटेको पुल क्षतविक्षत बनाएको छ। अघिल्लोपटक बाढीले क्षतिग्रस्त भएको पहुँचमार्गको ट्र्याक हेलम्बु गाउँपालिकाले केही सञ्चालन गरे पनि बाढीपहिरोले फेरि भत्काइदिएको छ।आजको नागरिक दैनिकबाट

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu