लोक सेवाले शाखा अधिकृतको रिजल्ट सार्वजनिक नगरेको विरोधमा प्रदर्शन
काठमाडौं – अधिकृत पदको परीक्षाको सबै चरण पूरा गरेर पनि लोक सेवा आयोगले नतिजा प्रकाशन गर्न ढिलाइ गरेको विरोधमा परीक्षार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।परीक्षार्थीहरुले काठमाडौंको अनामनगरस्थित लोक सेवा आयोगको कार्यालय अगाडि र माइतीघरमा प्रदर्शन गरेका हुन् ।
लोक सेवा आयोगले पदपूर्तिका लागि लिएको परीक्षाको अन्तरवार्ता गत भदौ ८ गते सकिएको थियो । तर नतिजा प्रकाशन भएको छैन ।नतिजाको प्रतीक्षामा रहेकाहरुले ‘परीक्षा लिन सक्ने, नतिजा दिन नसक्ने रु’ ‘लोक सेवामाथि विश्वास गर्ने दिन सकिएको हो रु’ ‘बन्द खामभित्रको हाम्रो भविष्य खुला गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।