Connect with us
Kapilvast Forest

उत्कृष्ट स्वास्थ्यकर्मी पुरस्कृत

२०७८, ४ आश्विन सोमबारमा प्रकाशित

काठमाडौं –कोभिड– १९ को महामारीमा अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई स्वास्थ्य कार्यालयले नगद पुरस्कारसहित सम्मान गरेको छ । जिल्ला सबै स्थानीय तहमा कार्यरत एक।एक जना गरी १० स्वास्थ्यकर्मीलाई आज नगद रु पाँच हजार, प्रमाणपत्रसहित दोसल्ला ओडाएर सम्मान गरिएको छ ।

स्थानीय तहले सिफारिस गरेका उत्कृष्ट स्वास्थ्यकर्मीलाई स्वास्थ्य समीक्षा तथा योजनातर्जुमा कार्यक्रमको अवसर पारेर सम्मान गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । गत आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन गरेका र कोभिड–१९ को महामारीका समयमा उल्लेख्य भूमिका खेलेका स्वास्थ्यकर्मीलाई सम्मान गरिएको हो ।

सम्मानित हुने स्वास्थ्यकर्मीमा दशरथचन्द नगरपालिकाको त्रिपुरासुन्दरी स्वास्थ्यचौकीका प्रमुख किशोरप्रकाश लुहार, सुर्नया गाउँपालिकाको शिखरपुर स्वास्थ्यचौकीका प्रमुख वीरबहादुर बोहरा, दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा बर्थिङ सेन्टरमा कार्यरत अनमी सपना रानामगर, डिलाशैनी गाउँपालिकाको हाडाकोट स्वास्थ्यचौकीमा कार्यरत वीरेन्द्र बोहरा र पाटन नगरपालिकाको सिद्धेश्वर स्वास्थ्यचौकीमा कार्यरत विनोद अवस्थी छन् ।

यस्तै मेलौली नगरपालिकाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रकी हरिनाकुमारी भण्डारी, शिवनाथ गाउँपालिकाको शर्माली स्वास्थ्यचौकीका रमेशराम तिरुवा, सिगास गाउँपालिकाको गाँजरी स्वास्थ्यचौकीका प्रमुख जनकसिंह धामी, पञ्चेश्वर गाउँपालिकाको कुलाउ स्वास्थ्यचौकीका दिनेशप्रसाद तिवारी र पुर्चौंडी नगरपालिकाको कुवाकोट स्वास्थ्यचौकीका नरेन्द्रबहादुर धानुक पनि सम्मानित भएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu