धनकुटामा दुई सय बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश
धनकुटा-धनकुटाको महालक्ष्मी नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी दुई सय भन्दा बढी नेता तथा कार्यकर्ता एमालेमा प्रबेश गरेका छन् ।नगरस्तरीय भेलामा नेपाली कांग्रेस, माओवादीलगायतका विभिन्न पार्टी परित्याग गरी २ सय भन्दा बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन । नवप्रवेसीहरुलाई नगरस्तरीय राष्ट्रिय युवा भेलाको अवसरमा एमाले जिल्ला अध्यक्ष एवं संघीय प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राई, प्रदेश १ सभा सदस्य इन्द्रमणी पराजुली, गणेश राई, बलदिप राईलगायतका नेताहरुले पार्टीमा स्वागत गर्नुभएको छ ।
राष्ट्रिय युवा संघ देश परिर्वतन तर्फ अगाढि बढ्ने क्रममा देशको भ्रष्ट्रचार अन्त्यका लागि राष्ट्रिय दलालहरुको समाप्त पार्नका लागि आफ्नै अनुकुलतामा राष्ट्रिय हित निमार्णका लागि समृद्ध नेपाल बनाउन समाजवादी उद्देश्य राष्ट्रिय आकांक्षा पुरा गर्नका लागि स्थापना गरिएको भन्दै युवा संघको कामको बारेमा चर्चा गर्नुभयो ।
कार्यक्रममा नवप्रवेसीहरुलाई स्वागत गर्दै अध्यक्ष राईले एमालेले मात्रै मुलुकको बिकासको नेतृत्व गर्ने तथ्य स्थापित भइसकेको बताउनु भयो । उहाँले अहिलेको परामादेश सरकारले धनकुटाका विकास निर्माणका लागि छुट्याईएको अरर्वौ बजेट काट्ने काम भएकाले दह्रो ढंगले राजनितिक प्रतिवाद गर्ने घोषणा पनि गर्नुभयो ।
भेलाले कुसुम तुम्बाको अध्यक्षतामा १ सय २१ सदस्य नगर स्तरीय राष्ट्रिय युवा संघ, राजेन्द्र थापाको अध्यक्षतामा १ सय ३३ सदस्य युथफोर्स, ओमप्रकाश अधिकारीको अध्यक्षतामा ५१ सदस्य खेलकुद महासंघ र बिनोद बानियाको अध्यक्षतामा ८७ सदस्यीय अनेरास्युवियु नगर कार्यसमिति गठन गरिएको छ ।
कार्यक्रममा एमाले प्रदेश १ का सदस्य गणेस राई, जिल्ला समन्वय समिति प्रमुख टंक चौहान, मेयर पर्शुराम नेपाल, उपमेयर मन्जु अधिकारी, अनेरास्युवियु धनकुटाका सचिव घनेन्द्र पोख्रेल, युवा संघका जिल्ला अध्यक्ष केसब सुब्बा लगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।