Connect with us
Kapilvast Forest

भारतले हटायो खोप निर्यातमा लगाएको रोक

२०७८, ५ आश्विन मंगलवारमा प्रकाशित

 

काठमाडौं –भारतले यसअघि कोरोनाविरुद्धको खोप निर्यातमा लगाएको रोक हटाएको छ। भारतीय स्वास्थ्यमन्त्री मनसुख माण्डवीयले दिल्लीमा आयोजित एक पत्रकार सम्मेलनमा विदेशमा खोपमा लगाएको रोक हटाएको बताएका हुन्।

 

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पत्रकार सम्मेलनमा भारतीय स्वास्थ्यमन्त्रीले खोपमा लगाइएको रोक हटाइएसँगै अब छिमेकी मुलुकसहित कोभ्याक्स संयन्त्रालाई खोप निर्यातको प्राथमिकतामा राखिएको समेत बताएका छन्।

 

विश्वकै ठूलो खोप उत्पादक मुलुक भारतले गत अप्रिलमा विदेशमा खोप निर्यातमा रोक लगाएको थियो।खोप उत्पादन गर्ने क्षमता बढिरहेको र अर्को महिनासम्म ३०० मिलियन अतिरिक्त डोज उत्पादन हुने भएकाले विदेशमा निर्यात सुरु गर्ने योजना रहेको स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन्।

 

‘हामी अन्य देशहरूलाई सहयोग गर्नेछौं र कोभ्याक्स प्रति हाम्रो जिम्मेवारी पनि पूरा गर्नेछौं,’ उनले पत्रकारहरूलाई भने।यसरी भारतले खोप निर्यातमा लगाएको रोक हटाएसँगै अब नेपालमा यसअघि खरिद गरेको र आउन बाँकीमध्ये १० लाख डोज कोभिसिल्ड खोप छिट्टै आउने सम्भावना बढेको छ।

 

नेपालले उक्त मात्राको खोपका लागि उत्पादक कम्पनी सिरम इन्स्टिच्युटलाई अग्रीम भुक्तानीसमेत गरिसकेको छ। नेपालसँगै भारतले बंगलादेश र श्रीलंका लगायतका छिमेकी मुलुकलाई पनि खोप निर्यात गर्ने भएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu