Connect with us
Kapilvast Forest

विजयनगरमा जसपा को संगठन सुदृढीकरण तथा भेला सम्पन्न

२०७८, ५ आश्विन मंगलवारमा प्रकाशित

कपिलवस्तु -विजयनगर गाउँपालिकामा जनता समाजबादी पार्टी नेपालको संगठन शुद्धिकरण तथा जनजागरण  अभिमुखिकरण अभियान अन्र्तगत विजयनगर गाँउपालिका भित्र आज वार्ड नं १ गुगौली मा वडा स्तरीय भेला सम्पन्न भएको छ ।

भेलाबाट राज कुमार भुजको अध्यक्षतामा ११ सदस्य वडा ईकाइ कमिटि गठन गरिएको  बताइएको छ ।
नव गठित इकाइ कमिटीलाई शुभकामना दिदै कार्यक्रमको प्रमुख अतिथी जसपाको नेता राज कुमार चौधरीले विजयनगरमा जसपाको अभियानमा एक बद्ध भएर लाग्न अनुरोध गर्नुभएको छ ।

पार्टीको सुदृढीकरण अभियान असोज १७ गते सम्म प्रत्येक वडामा ईकाइ कमिटि गठन गर्ने कार्य रहेको सहयोग गरि आबाद्ध हुन चौधरीले आग्रह गर्नु भएको छ ।

कार्यक्रममा जसपा नेपाल पार्टीको सुदृढीकरण , पार्टीलाई  बलियो बनाउन अगामी दिनको  भावी रणनीति र गाउँपालिकामा पार्टी प्रति विश्वास तथा संगठन विस्तार गरि मजबुत गर्न विशेष अभियानमा लागिएको साथै वडामा पालिकाबाट भै गरेका कार्यलाई जसपाले निगरानि गर्ने आवश्यक रहेको जसपा  उपाध्यक्ष  राम निवास पुरीले बताउनु भएको छ  । साथै राम्रो कार्यमा सहभागि भई सहयोग गर्ने र नराम्रो कार्यमा खबरदारी गर्नुपर्ने पुरीले बताउनुभयो ।

पार्टीको निर्देशन अनुसार सो शुद्धिकरण तथा जनजागरण अभियान अन्र्तगत पार्टी भित्र रहेका निस्कृय दोढारे चरित्र पार्टी प्रति बेवास्ता गर्नेलाई पाखा लगाई नयां तरिकाले अगाडि बढ्ने कार्यक्रमको मुल उद्देश्य रहेको जसपा विजयनगर इकाइ कमिटी अध्यक्ष सन्त राम तेलीले बताउनु भएको छ ।

गाउँपालिकाका जसपा पार्टी अध्यक्ष राज कुमार भुजको अध्यक्षता विजयनगर गाउँपालिकाको जसपा नेपाल वडा इकाइ कमिटी सदस्य  बुधई चौधरीको संचालन  मा कार्यक्रम सम्पन्न  भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu